होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार
समाचार

बाजुराका प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार

  • नागरिक रैबार
बाजुराका प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार

नागरिक रैबार/ बाजुरा १ चैत । बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल सवार गाडीमाथि ढुंगा प्रहार भएकाे छ ।

बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडी फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै प्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका वडा नं १  कुण्डीका अनिल सुनार र सागर नेपालीलाई हिजाे राति नै पक्राउ गरि थप अनुसन्धान भईरहेकाे र एक जना फरारकाे खाेजी भईरहेकाे प्रहरीले जनाएको छ।

विज्ञापन

खप्तड छेडेदह गाउँपालिकाको ग्रामीण क्षेत्रमा अनुगमन गरी सदरमुकाम मार्तडी फर्किने बेला रातिकाे समयमा ढंगा प्रहार भएकाे र आफुहरू बच्न सफल भएकाे प्रजिअ पाैडेलले बताएका छन् ।

 मुलुकी अपराध संहिता २०७४को दफा २८५को उपदफा (२)को (१) (क) अनुसार आपराधिक उपद्रव गरेको मानिने छ भने सोही दफाको (ग) अनुसार चार वर्ष कैद र चालिस हजार रुपैंया जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

गाडीमा ढंगा प्रहार गर्ने ३ जनालाई  अभद्र ब्यबहारको कसुरमा मद्धा चलाइने बताइएको छ । आज नै उनिहरूलाई सात दिनको म्याद थप गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार