होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मास्क लगाएर मात्रै गाडी चढौँ, कोरोनासँग मिल्ने लक्षण देखिएमा यात्रा नै नगरौँ
समाचार

मास्क लगाएर मात्रै गाडी चढौँ, कोरोनासँग मिल्ने लक्षण देखिएमा यात्रा नै नगरौँ

  • नागरिक रैबार
मास्क लगाएर मात्रै गाडी चढौँ, कोरोनासँग मिल्ने लक्षण देखिएमा यात्रा नै नगरौँ

काठमाण्डौ – जोर बिजोर नम्बर प्लेटको आधारमा बिहीबारदेखि काठमाण्डाै उपत्यकाका सडकमा सार्वजनिक गाडी चल्न थालेका छन् । अब जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउन पर्नेछ ।

काठमाण्डाै उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर हिजाे (बुधबार) सम्म पुर्‍याइएकाे थियो । निषेधाज्ञाको कारण व्यापार व्यवसाय बन्द हुँदा श्रमिकको बिचल्ली भएको भन्दै निषेधाज्ञा हटाउन चौतर्फी माग भइरहेको थियाे

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाे समयमा सार्वजनिक गाडी सञ्चालनमा आइसकेपछि यात्रु, चालक र सहचालकले स्वास्थ्य सुरक्षा सावधानीका उपायहरु अपनाउन आवश्यक छ ।

विज्ञापन

मास्क अनिवार्य

सार्वजनिक गाडीमा यात्रुले मास्क लगाएर मात्रै यात्रा गर्नुपर्छ । चालक र सहचालकले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । सकिन्छ भने सर्जिकल पन्जा लगाउनुपर्छ, हात सफा राख्नुपर्छ । उपलब्ध भएसम्म साबुनपानीले पटक–पटक हात धोइ रहनुपर्छ नभए स्यानिटाइजर लगाउनुपर्छ ।

गाडीमा भिडभाड नगराैँ

गाडीभित्र यात्रु तथा चालक र सहचालक पटक–पटक मानिसको सम्पर्कमा आउने भएकाले जतिखेर पनि सङ्क्रमणको जोखिम हुन सक्छ । गाडीमा कोचाकोच गरेर यात्रु राख्न हुँदैन । सिटमा बस्दा पनि भौतिक दुरी कायम गर्नुपर्छ । सकेसम्म एक–एक मिटरको दुरी कायम गर्नुपर्छ । सरकारले पनि १६ वटाभन्दा बढी सिट क्षमता भएका गाडी मात्रै चल्न दिने भनेको छ ।

गाडी सफा राख्ने

गाडीलाई प्रत्येक ट्रिपपछि डिसइन्फेक्नश (निर्मलीकरण) गर्नुपर्ने हुन्छ । यस्तै सरसफाइलाई पनि ध्यान दिन जरुरी छ, जसले गर्दा काेराेना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । सिटको अगाडिको भाग सफा गरिरहनुपर्छ । सकिन्छ भने कार्डबाट अथवा फोनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्छ तर सकिन्न भने पैसालाई छुट्टै भाँडोमा जम्मा गर्न सकिन्छ ।

लुगाको उचित व्यवस्थापन

गाडी चढ्दा वा चलाउँदा प्रयोग गरेको लुगा घर पुग्नेबित्तिकै छुट्टै ठाँउमा राखेर धोइ हाल्नुपर्छ । सकेसम्म चालक र सहचालकको लागि भने पीपीई सेट (व्यक्तिगत सुरक्षात्मक उपकरण) काे व्यवस्था गर्नुपर्छ ।

अनावश्यक रुपमा गाडी नचढाैँ

सकभर छोटो दुरीको यात्रा गर्दा हिँडेरै यात्रा गर्दा आफू सुरक्षित हुन सकिन्छ । सार्वजनिक गाडीमा यात्रा गर्नै परे स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । सरकारले सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, यात्रु चढ्ने सयममा सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनेकाे छ ।

साथै सरकारले चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने तथा सवारी साधनलाई दैनिक स्यानिटाइज गर्ने गरी सञ्चालन गर्नुपर्ने मापदण्ड बनाएको छ । यस्तै कोरोनासँग मिल्ने लक्षण देखिएमा यात्रा नै नगर्न उपयुक्त हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै