होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी […]
काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए । त्यतिबेला दैनिक झण्डै […]
बलेवा – स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ । आज बिहान सुत्केरी हुनुभएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको […]
काठमाडौँ– सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । उनका अनुसार खान नपाएर, विभिन्न रोगले ग्रसित भएर, कुकुरले टोकेर मान्छेले हिर्काएर गाईबाच्छा गर्दछन् ।“असहाय गाईबाछा संरक्षण अभियानका नाममा स्वयंसेवी अभियान सञ्चालनमा छ, अभियानको […]
निमेन्द्र शाही। बारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ । किनकि, यस वर्षदेखि राम्रो मूल्यमा बारीबाटै स्याउ बिक्री हुन थालेको छ । कतिपय किसानले आफू कहिल्यै जहाज नचढे पनि बारीको स्याउलाई जहाजमार्फत तराईका […]
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी […]
१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले […]
१८ असोज, काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ । २१ दिनदेखि अनसनरत उनले निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ । उहाँलाई अक्सिजन सपोर्टमा राखिएको छ’ उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले भनिन्, ‘अन्य औषधि भने उहाँले लिन मान्नु भएको छैन ।’ डाक्टर […]
१८ असोज, काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आइतबार सूचना जारी गर्दै केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको सूचनामा उल्लेख छ ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ। आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। […]
१८ असोज, काठमाडौं । भोलि (सोमबार)का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र […]
काठमाडौं । आज आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो । ‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, […]
१८ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् । खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । तत्कालीन महानगरीय अपराध […]
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको एक हप्ते ‘अल्टिमेटम’ सकिनै लाग्दा सो समूहको मागबारे पार्टीमा छलफल शुरु भएको छ । पौडेल समूहको मागबारे देउवाले शनिबारदेखि आफू निकट नेता, पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग परामर्श सुरु गरेका थिए । पौडेल पक्षको माग […]
१८ असोज, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् […]
१८ असोज, काठमाडौं । नयाँ सिजनको प्रिमियर लिगमा गज्जबको प्रदर्शन गरिरहेको एभरटनले लगातार चौथो जित हात पारेको छ । जेम्स रोड्रिगेजको दुई गोल मद्दतमा एभरटनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो । नयाँ सिजनमा खेलेका चारवटै खेल जितेको एभरटन शीर्ष स्थानमा छ । घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभरटनलाई […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बुढीगंगा नदिमा आएको बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि आवत जावत गर्न स्थानीयहरुले उक्त ठाउँमा तुईन जडान गरेका छन् । करिव डेढ महिना अघि बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि साविकको कैलाशमाण्डौं जाने र आउने स्थानीयलाई समस्या हुँदै आएको थियो । पुल बगाएपछि कैलाशमण्डौं जाने स्थानीयहरु एक घण्टाको पैदल यात्रा गरेर बल्दे नजिकैकोे […]
नागरिक रैबार/बाजुरा १९ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी युवा हेमराज थापाले बाजुराको बडीमालिका नगरपालिका वडा नं. २ स्थित घाघरका बाढीपिडित परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका छन् । गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका घाघरबासीलाई शुक्रबार गाउँमै पुगेर उनीहरुलाई खाद्यन्न वितरण गरेका हुन् । खप्तड मालिका युवा संजालको पहल […]
१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]
नागरिक रैबार/बाजुरा १९ भदौ। दक्षिण कोरियाको विमानस्थलमा ४० जना नेपाली अलपत्र परेका छन् । दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती र ३६ जना युवा अलपत्र परेका हुन् । शुक्रबार बिहान स्थानीय समय अनुसार ५ बजे दक्षिण कोरियाबाट काठमाडौंका लागि कोेरियन एयरलाइन्सले उडान भर्ने तालिका थियो । सो उडानमा २ सयभन्दा बढी नेपालीले स्वदेश फर्किनको […]