होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले ५८ औ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुरा ले स्वयम सेबकका लागि तालि बजाउनुहोस् भन्ने मुल नारा लाई आत्म साथ गर्दै स्थापना दिवस मनाएको हो । जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरु हरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको सभापति रम […]
काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा रहेको छ। नेपालभर आज अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा एक हजार तीन सय भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सामाजिक अभियान्ता तथा एविसी टेलिभिजनमा प्रसारित चर्चित लाईभ लोकदोहोरी कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलले बाजुराका र अछामका बाढीपिडितलाई १३ लाख ५० हजार बराबर नगद सहयोग गरेका छन् । वर्षातको समयमा बाढी पहिरोबाट विस्थापित बनेका बाजुरा र अछामका बाढीपीडितलाई कंडेलले सम्वन्धित ठाउँमै पुगेर पिडित परिवारलाई राहत स्वरुप नगद १३ ५० हजार बराबर […]
१९ भदौ, सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ । ‘जनताको जीवन […]
मिडिया ट्रायलले असफल र असक्षम अर्थमन्त्रीको विल्ला भिराएका डा. युवराज खतिवडाको यसपटक अर्थमन्त्री पद बच्न सकेन । राष्ट्रियसभामा वामदेवको इन्ट्रिसँगै अर्थतन्त्रका ज्ञाता अर्थमन्त्रीको पद सकिने निश्चत भइसकेको छ । उनको कार्य अवधि भोलि (भदौ २०) सम्म हो । डा. युवराज खतिवडालाई देशले २०७४ फागन १४ गते अर्थमन्त्रीको रुपमा पायो । ओली सरकारको क्याविनेटमा खतिवडा अटाउनुलाई […]
नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेर निर्माणमा हात हालिन् । हुनत, उनको योजना ‘माया’ नामक चलचित्र नै बनाउने हो । तर, लकडाउनका कारण तत्काल चलचित्र बनाउन संभव नभएपछि नीता गीत र वेव सिरिज निर्माणमा अगाडि सरेकी छिन् । अब, नीताले ‘श्रीमद्भगवद् गीता’ नाममा करिब ४५ भागको वेव सिरिज बनाउने तयारी गरेकी छिन् । […]
काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई राष्ट्रिय सभामा लैजान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सहमति भएसँगै संसद छिर्ने उनको इच्छा पनि पुरा हुने भएको हो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट […]
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् […]
१९ भदौ, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए […]
कोरोनभाइरसको नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा न्यून आय भएका नागरिकहरुको विचल्ली भएको प्रति साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को बहुआयामिक संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको बताएका हुन्। ‘साँझ–विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित […]
नागरिक रैबार/बाजुरा १९ भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ रुगीनमा नेपाली काँग्रेसका कार्यकर्ताले नेकपाका ६ जना कार्यकर्ता माथि कुटपिट गरेका छन् । विहिबार राति हिमाली गाउँपालिका वडा नं. ५ को आयोजनामा भएको पाटीको नेकपाका कार्यक्रताले नेपाली काँग्रेसमा प्रवेश नगरेको भन्दै नेकपाका ६ जना कार्यकर्तामाथि कुटपिट गरिएको हो । काँग्रेसले आयोजना गरेको भेलामा नेकपाका कार्यकर्ता […]
बाग्लुङ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन् । तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईले जानकारी दिए । […]
१९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमाथि बरिष्ठ नेता माधवकुमार नेपालले १५ बुँदामा ‘कैफियत’ जनाएका छन् । प्रचण्डलाई दिइएको कार्यकारी अधिकार कति हो भन्ने प्रश्नसमेत नेपालले उठाएका छन् । कार्यदलले अध्यक्षद्वयबीच भएको सहमति अनुसार केपी शर्मा ओली सरकारको काममा र अर्का अध्यक्ष […]
परासी । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली […]
मकवानपुर । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव […]
एजेन्सी – ‘ब्लोटिङ’ अर्थात पेट फुल्ने समस्याबाट प्राय मानिस पीडित भइसकेका छन् । पाचन प्रक्रियामा समस्या आएपछि पेटमा ग्यासको समस्या पैदा हुन्छ । कुनै चीजले पेटमा ग्यास बनाउन मद्दत गर्छ । र, पेट फुल्ने समस्या हुन्छ । यसमध्ये, केही तरकारी यस्ता छन् जसले पेटमा ग्यास पैदा गराउँछ । कटहर कटहर पाकेपछि खाँदा जति मिठो हुन्छ […]
काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा एक पुरुषको हत्या भएको छ । गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् । बिहीबार राति साढे १० बजे परियाले खुर्पाले हानेर गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए । राति करिव १ बजे हत्या […]
धनगढीः संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङका लागि समन्वय गर्न छुट्टै टोली खटाएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, रोकथाम र नियन्त्रणका काममा समन्वय, सहजीकरण एवंम् निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको जनाएको छ। मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख भीमसिह तिङ्करीको संयोजकत्वमा तीन सदस्यीय समन्वय टोली खटाईएको हो। टोली […]
डा. गोविन्द केसीलाई सुरक्षाकर्मीले औषधि किन्न अवरोध गरेका छन्। सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका डा. केसीलाई शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन्। डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा रोकिएको बताए। करिब […]
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न […]