होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा आईतवार थपिए २५ जना कोरोना संक्रमित
देश/प्रदेश

धनगढीमा आईतवार थपिए २५ जना कोरोना संक्रमित

  • नागरिक रैबार
धनगढीमा आईतवार थपिए २५ जना कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढी उप–महानगरपालिका ४ रर ५ का एक/एक जना, वडा नम्वर ७ का दुई जनावडा नम्वर १५ का चार जना र वडा नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।

विज्ञापन

योसंगै धनगढीमा संक्रमितको संख्या सात सय ९३ पुगेको छ। एक सय ८२ महिला र तीन सय ५५ पुरुष गरी पाँच सय ३७ जनाले कोरोना जितेका छन्।संक्रमण पुष्टि भएका चार जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये ८० प्रतिशत संक्रमितको बाह्य ट्राभल हिस्ट्री छैन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार