होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको प्रहरीले जनाएको छ। धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट […]
जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ । ‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट […]
१९ मंसिर, काठमाडौं । इटालियन क्लब एसी मिलान पुरनागमन जितपछि युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह एच अन्तर्गतको खेलमा मिलानले सेल्टिकमाथि ४-२ को पुनरागमन जित हात पारेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मिलानले चार गोल फर्कायो । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिले […]
१९ मंसिर, काठमाडौं । बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् । मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका […]
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् । चुलाचुली नगरपालिका– ६ इलामकी ८४ वर्षकी महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार मृत्यु […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका पुर्व सभापति मनबहादुर रावललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पुर्व सभापति रावलको सेति प्रादेशिक अस्पताल धनगढीमा पिसिआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रावललाई स्वास फेर्न समस्या भएपछि कार्तिक १७ गते उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । बाजुरा […]
काठमाडौं १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए । बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? […]
१९ कात्तिक, कैलाली । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् ।कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका थिए । घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ । हत्या काण्डामा संलग्न रहेको […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। जिल्ला सदरमुकाम मार्तडीमा एकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नम्मबर ६ सटेडाका ५५ वर्षीय देवबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार रोकायालाई दमको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याईएको थियो । बुधबार दिउसो उपचारका क्रममा रोकायाको अस्पतालमा […]
काठमाडौं : शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप […]
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ […]
आज बुधबार त्रिभुवन विश्वविद्यालय बन्द हुने भएको छ।त्रिवि केन्द्रीय कार्यालयलगायत देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा आज बिदा दिइएको हो। त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक डाक्टर राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको असोज ३० गते निधन भएको थियो। त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सामान्य प्रशासन महाशाखाले सूचना निकालेर आज एक दिन त्रिवि र देशैभरका आंगिक क्याम्पस […]
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता […]
१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म अमेरिकाका ५० मध्ये २० राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ८० इक्लेक्टोरल भोट […]
राजविराज — सप्तरीका चार स्थानीय तहले चालु वर्षको गाउँसभा नगर्दा चाडपर्वका बेला पनि कर्मचारीले तलबभत्ता पाएका छैनन् । बजेट विनियोजन रोकिएर नयाँ खाता सञ्चालन गर्न र अख्तियारीसमेत दिन नसक्दा कर्मचारीको बिजोग भएको हो । गत असारमै हुनुपर्ने गाउँसभा विभिन्न किचलोका कारण पर सरिरहँदा विकास निर्माण र नयाँ योजना ठप्प छन् । छिन्नमस्ता, विष्णुपुर, बलान बिहुल र राजगढ गाउँपालिकामा […]
‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी आश्वस्त तुल्याएका हुन् । कात्तिक ५, अर्थात् अक्टोबर २१ तारिखमा गोयल काठमाडौँ ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि […]
सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित संवैधानिक कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ । पार्टीभित्र अर्को पक्षले बहुमतको बलमा हस्तक्षेप गरे […]
रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै अग्रता दोब्बर […]
१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू […]
१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान […]