होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ४० जना नेपाली दक्षिण कोरियाको विमानस्थलमा अलपत्र
देश/प्रदेश

४० जना नेपाली दक्षिण कोरियाको विमानस्थलमा अलपत्र

  • नागरिक रैबार
४० जना नेपाली दक्षिण कोरियाको विमानस्थलमा अलपत्र

नागरिक रैबार/बाजुरा १९ भदौ। दक्षिण कोरियाको विमानस्थलमा ४० जना नेपाली अलपत्र परेका छन् । दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती र ३६ जना युवा अलपत्र परेका हुन् ।

शुक्रबार बिहान स्थानीय समय अनुसार ५ बजे दक्षिण कोरियाबाट काठमाडौंका लागि कोेरियन एयरलाइन्सले उडान भर्ने तालिका थियो । सो उडानमा २ सयभन्दा बढी नेपालीले स्वदेश फर्किनको लागि टिकट काटेका थिए ।

तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्टमा स्पष्टसँग नलेखिएको भन्दै बाजुराका प्रभाव शाही, पाँचथर फिदिमका सरोज गुरुङसहित ३७ जना नेपालीलाई रोकेपछि उनीहरु अलपत्र परेका हुन् ।

विज्ञापन

बाजुराका शाहीका अनुसार उनीहरु सबैजनाको साथमा कोरोनाको संक्रमण नभएको नेगेटिभ रिपोर्ट थियो । तर, आफूहरुलाई बोर्डिङ पास लिइसकेपछि एरयलाइन्सका कर्मचारीहरुले रिपोर्टमा पीसीआर नलेखिएको भन्दै जान नमिल्ने भनेर रोकेको उनले बताए । ‘हामीहरु सबैजनासँग कोरोनाको नेगेटिभ रिपोर्ट थियो ।

जुन रिपोर्ट यहाँको सरकारले कोरोना परीक्षणका लागि अनुमति दिएका हस्पिटलहरुमा गरिएको थियो,’ शाहीले  भने, ‘तर, हामी ३७ जनालाई रिपोर्टमा पीसीआर नलेखिएको भन्दै अन्तिम समयमा रोकियो । हाम्रो परीक्षण पीसीआर माध्यमबाटै गरिएको थियो ।’ अन्तिम समयमा विभिन्न बहाना गरेर आफूहरुलाई रोकेको उनको भनाइ छ ।

कोरोना परीक्षण गराएको रिपोर्ट
शाहीका अनुसार उनीहरु सबैले सरकारले दक्षिण कोरियाको लागि तोकेको हवाइ भाडादर भन्दा मंहगो तिरेर टिकट खरिद गरेका थिए । उनीहरुले केएमआइ ट्राभल्सलाई प्रतिव्यक्ति १ लाख ३० हजार नेपाली रुपैयाँ बुझाएर टिकट काटेका थिए । केएमआइ दक्षिण कोरियामा नेपालीले नै सञ्चालन गरेको ट्राभल एजेन्सी हो ।

एयरलाइन्सका कर्मचारीले अन्तिम समयमा रिपोर्टमा त्रुटि भएको भन्दै उड्न नमिल्ने बताएका थिए । उड्नै नमिल्ने भनेपछि उनीहरुले भनेअनुसारको रिपोर्ट जुटाउन कोरियन एयरलाइन्सका कर्मचारीहरुसँग केही समय मागेका थिए । ‘पीसीआर नलेखेकै कारण उड्न मिल्दैन भनेपछि हामीले केही समयको व्यवस्था गर्दिनुहोस् तपाईहरुले भनेअनुसारकै रिपोर्ट सम्बन्धित हस्पिटलहरुमा भनेर जुटाउँछौ भनेका थियौँ,’ फिदिमका राईले भने, ‘चेक गराएका हस्पिटलहरुले हामीलाई एयरलाइन्सले भने अनुसारकै रिपोर्ट तयार गरेर इमेलमा पठाइदिन्छौँ भनेका थिए । तर, इमेलबाट आएको नहुने भन्दै सक्कली नै चाहिने भनियो । समय पर्याप्त थिएन । विमानस्थलबाट बाहिर गएर तुरुन्तै रिपोर्ट ल्याउन सक्ने अवस्था पनि रहेन । आखिर हामीलाई छोडेर जहाज उड्यो । हामी विचल्लीमा पर्‍यौँ ।’

उनीहरुमध्ये धेरैजनाको करार अवधि सकिएको लामो समय भइसकेको छ । करार अवधि सकिएपछि उनीहरु यसअघि नै स्वदेश फर्किन चाहेका थिए । तर, लकडाउनका कारण उतै बस्न वाध्य थिए । कतिपय त कोरोना महामारीकै कारण रोजगारी गुमाएर फर्किन लागेका थिए । राईका अनुसार उनीहरु सबैले नेपाली करिब १५ हजार रुपैयाँ तिरेर पीसीआर टेस्ट गराएका थिए ।

‘हाम्रो रिपोर्टमा पनि नाक र मुखबाट स्वाव लिएर टेस्ट गरिएको भनेर लेखिएको छ । स्वाव लिइएपछि टेष्ट गरिने भनेको पीसीआर नै होइन र ? रिपोर्टमा कोरोना नेगेटिभ भनेर स्पष्टसँग लेखिएको छ । त्यही पीसीआर भन्ने नलेखेको भनेर रोकियो । अब हाम्रो जिम्मेवारी कस्ले लिने?,’ उनले प्रश्न गर्दै भने । यसअघि सोही व्यहोरा लेखिएको रिपोर्ट लिएर थुप्रै नेपालीहरु स्वदेश फर्किएको उनीहरुको भनाइ छ ।

सोही उडानमा सौलस्थित नेपाली दूतावासमा कार्यरत ३ जना कर्मचारी पनि स्वदेश फर्किदै थिए । तर, आफूहरुको समस्या आँखै अगाडि देखेपनि ती कर्मचारीहरुले वास्ता नगरेको उनीहरुको आरोप छ । एक युवाले भने- ‘दूतावासमा काम गर्ने ३ जना स्टाफ पनि नेपाल जाँदै हुनुहुन्थ्यो । उहाँहरु हाम्रै साथमा हुनुहुन्थ्यो । तर, हाम्रो समस्या बारेमा केही मतलब राख्नुभएन । हामीले समस्या सुनाउँदै बारम्बार केही पहल गर्नुहोस् भन्दै अनुरोध गर्दा पनि तर्किनु भयो ।’

उनीहरुले दूतावासका कर्मचारीमाथि मानवीय संवेदना समेत नभएको आरोप लगाएका छन् । दर्जनौँ नेपाली विमानस्थलमा अलपत्र परेको देख्दा पनि ती कर्मचारी मुकदर्शक बनेको उनीहरुको भनाइ छ ।

यो समाचार तयार पार्दासम्म पनि उनीहरु विमानस्थलमै बसिरहेका छन् । कम्पनीबाट फाइनल आउट भइसकेकोले फर्केर जाने ठाउँ पनि नभएको उनीहरु बताउँछन् । नेपाल फर्किने भएपछि आफूहरुसँग भएको पैसाबाट विमानस्थलसम्म पुग्ने खर्च राखेर सबै पैसा नेपाल पठाइसकेका छन् । अहिले पाउरोटीको भरमा प्राण धानेको उनीहरुले बताए ।

‘२० घण्टा बढी भयो हामी यहाँ विमानस्थलमा आएको । अब हाम्रो फर्केर जाने ठाउँ पनि कतै छैन । पैसा पनि छैन । भोक लागिरहेको छ । अलिअलि भएको पैसाले पाउरोटी किनेर बाँडेर खाएका छौँ । एयरपोर्ट भित्र मंहगो उत्तिकै छ । अब त पानी किनेर खाने समेत पैसा हुँदैन,’ बाजुराका शाहीले दुःख सुनाए ।

आफूहरुको बस्ने ठाउँ नभएको हुँदा विमानस्थलमै बस्नुको विकल्प नभएको उनीहरुको भनाइ छ । उनीहरुले आफूहरुको कुनै गल्ती नभएको हुँदा सम्बन्धित एयरलाइन्स र ट्राभल कम्पनी जिम्मेवार हुने बताए । उनीहरुले जतिसक्दो छिटो सम्बन्धित एयरलाइन्सले आफूहरुको उद्धार गर्नुपर्ने माग राखेका छन् । समयमै उद्धार नगरे आफूहरु विमानस्थलमै भोकभोकै मर्नुपर्ने अवस्था आउने शाहीले बताए । ३ दर्जनभन्दा बढी नेपाली विमानस्थलमा अलपत्र पर्दा पनि अहिलेसम्म सौलस्थित नेपाली दूतावास तथा एनआरएनए दक्षिण कोरियाले आफूहरुको बारेमा कुनै चासो नलिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार