होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु
बलिउड/हलिउड

सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु

  • नागरिक रैबार
सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु

एजेन्सी।  संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक सलमान खान र आलिया भट्ट यस फिल्ममार्फत् एक–अर्काको अपोजिटमा देखिनेछन् । फिल्मको निकै लामो समयदेखि चर्चा भइरहेको छ र यसबारे थप रोचक खबर सार्वजनिक भएको छ । फिल्मको थिएट्रिकल राइट्स (थिएटरमा देखाउने अधिकार) जुन मूल्यमा बेचिएको छ त्यो सुनेर तपाईं अचम्मित हुनुहुनेछ ।

रिपोर्टका अनुसार भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् ।  यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । यो हेरेपछि फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ ।

फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ ।

स्मरण रहोस्, भंसाली यो फिल्मलाई सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्ससँग मिलेर बनाउने भएका छन् । फिल्मको झोलीमा सुरुमै यति ठूलो रकम आएपछि निर्माता निकै उत्साहित छन् । यो फिल्ममा सलमान खान एक व्यवसायीको भूमिकामा देखिनेछन्, यस्तै आलिया भट्ट फिल्ममा संघर्षरत नायिकाको भूमिका देखिनेछिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार