होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना दिवस मनाउँदैछ । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ । पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट […]
डोटी। सरकारले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे पनी चुनावी चर्चा निकै चुलिएको छ । एकातिर सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने अर्को तर्फ प्रतिपक्षी नेकपा (एमाले) एक्लै मैदानमा हुने देखिएको छ। […]
बाजुरा– स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्य एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ। वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार […]
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय […]
बाजुरा । मतदाता नामावली अधावधिक तथा दावी विरोध सम्बन्धी सोरोकावालहरूसंग अन्तरक्रिया कार्यक्रममा सराेकारवालाहरु सगं सबैले यसलाइ निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । छलफल कार्यक्रममा याे पटक सबै स्थानिय तहले मृत्यु भएका नागरिककाे नाम हटाएर नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । बिभिन्न स्थानिय तहमा मृत्यु भएका नागरिककाे नामावलीले गर्दा मतदानमा समस्या […]
नागरिक रैबार/बाजुरा ७ भदौ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ मा नेपाल टेलिकमको फोरजि सेवा संचालन आएको छ । नेपाल टेलिकमको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडामा फोरजि सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् । यस अघि वडामा फोन गर्न र मोवाइलबाट इन्टरनेट चलाउन समेत डाँडामा जानुपर्ने बाध्यता थियो । वडाबासीलाई संचारको पहुँचमा […]
नागरिक रैबार/बाजुरा ७ भदौ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ९ सेलाघाटका बाढि पिडितले राहत तथा क्षेतीपुर्ति अहिले सम्म पाउन सकेका छैनन् । बाढि गएको दूई हप्ता वितिसक्दा पनि न राहत पाएका छन् नत क्षेती पुर्ति । साउन २० गते राती १२ बजे अविरल बर्षा संगै आएको बाढिले करिब २० रोपनी धानी बाली बगाएर सखाव पारेको […]
नागरिक रैबार/बाजुरा ७ भदौ।बाजुरामा बजार बन्द गराउँदै हिँडेका विप्लवका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार विहान सदरमुकाम मार्तडी बजार बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपा बाजुराका सचिव भुपेन्द्र विक, केन्द्रिय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुर्य थापाले बताएका छन् । डिएसपी […]
बाजुरा । बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ३ जना बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन । बन्दको आह्वन गर्दे हिडेका उनीहरु प्रकाउ परेका हुन । जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना कार्यक्रता प्रक्राउ […]
धनगढी: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरीका बस टिकट काउन्टर बन्द अवस्थामा छन्। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ। कैलाली […]
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका […]
अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा. मन्दिप […]
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७ औँ बैठक सोमबार १ बजे बस्ने भएको छ । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्ने छन्, “प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा […]
बाजुरा ५ भदाै । बाजुराका स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर बाजुराका ८ सय ४४ जना उम्मेदवार मध्ये ६ सय १३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको […]
नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् । जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन […]
बाजुरा । बाढी र पहिरोका कारण असार अन्तिम सातादेखि साँफे–मार्तडी सडक खण्डको बार्जुगाढदेखि जडांगासम्मको करिब २० किलोमिटर सडक दर्जनौं ठाउँमा अवरुद्ध छ । बाजुराको लाइफलाइनको रुपमा रहेको यो सडक वर्षादको समयमा पूर्ण रुपमा अवरुद्ध हुन थालेको चार वर्ष भइसक्यो । बर्खा नसकिदासम्म यो सडक सुचारु हुने अवस्था हुँदैन । नियन्त्रण गर्न असम्भव भइसकेको पहिरोमा सडक डिभिजन कार्यालय साँफेबगरले […]
बाजुरा । बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरूले कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेशसनलाई आर्थिक सहयोग गरेका छन् । फाउण्डेनशनमै पुगेर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष वीरबहादुर रावल, वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर बुढा र वडा नम्बर ३ का वडा अध्यक्ष विर्कबहादुर रावतले संयुक्त रूपमा आर्थिक सहयोग गरेका हुन् । उनीहरूले ८ […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए । कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप […]
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई […]