होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलितमाथि कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी पक्राउ
समाचार

दलितमाथि कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी पक्राउ

  • नागरिक रैबार
दलितमाथि कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी पक्राउ
साँकेतिक तस्विर

नागरिक रैबार/बाजुरा ३ कार्तिक।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी रंगप्रसाद उपाध्याय पक्राउ परेका छन् ।

घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भइ कञ्चनपुर बस्दै आएका टेकेन्द्र सिंह सुनारमाथि त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडी, स्थानीय विनोद अयडी र पाध्यायको समुहले कुटपिट सहित जातिय रुपमा विभेद गरेका थिए ।

नाटेश्वरी मन्दिरमा नवरात्रको पुजाआजा गर्न कन्चनपुरबाट बाजुरा आएका सुनारलाई मन्दिर प्रवेश गरेर पुजा किन गरेको भन्दै वडा नम्वर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडी, रंगलाल उपाध्याय र विनोद अयडीले निर्घात कुटपिट गर्नुका साथै नगद पैशा समेत खोसेका थिए ।

विज्ञापन

दलितमाथि कुटपिट गर्ने वडा अध्यक्ष सहित ३ जना मध्ये वडा अध्यक्ष जुद्धबहादुर अयडी र विनोद अयडी यस अघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो । ३ जना मध्ये मन्दिरका पुजारी रंगलाल पाध्याय फरार रहेका थिए ।

मन्दिरमा पुजा गरिरहेको बेला कुटपिट पछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ । उनले न्यायको निम्ति भन्दै आज जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको मुद्धा समेत दर्ता भईसकेको छ ।

यता बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले घटनामा सलग्न रहेका वडा अध्यक्ष अयडी र विनोद अयडीलाई घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएको थियो भने मन्दिरका पुजारी पाध्याय फरार रहेका थिए ।

पिडित सुनारको जाहेरीका आधारमा वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भएको र कानुनमा उल्लेख भए अनुसार कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको उहाँको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार