होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमको मतपत्र छपाइ सकियो
Breaking News

सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

  • नागरिक रैबार
सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

धनगढीः  सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको  हो।

सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधिसभा सदस्य र ३२ प्रदेश सभा सदस्य गरि ४८ निर्वाचन क्षेत्र छन्।  मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्याइसक्नुपर्ने भएकाले चाँडै छपाइ गरिएको हो।

विज्ञापन

आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेलगत्तै प्राथमिकतामा राखेर सुदूरपश्चिमको मतपत्र छाप्न सुरु गरेको थियो। कर्णाली प्रदेशको पनि मतपत्र छपाइ सकिएको छ। अन्य प्रदेशको मतपत्र छपाइ क्रमशः भइरहेको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ।

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यहीँ कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने छ । दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार