होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलितलाई कुटपिट गर्ने वडाअध्यक्ष सहित ३ जना धराैटीमा रिहा
समाचार

दलितलाई कुटपिट गर्ने वडाअध्यक्ष सहित ३ जना धराैटीमा रिहा

  • नागरिक रैबार
दलितलाई कुटपिट गर्ने वडाअध्यक्ष सहित ३ जना धराैटीमा रिहा

नागरिक रैबार
बाजुरा ४ कार्तिक
मन्दिर प्रवेश गरेकाे निहुँमा  दलितमाथि कुटपिट गर्ने  त्रिवेणी नगरपालिका वडा नम्बर ७ का  वडा अध्यक्षसहित ३ जना जनही १ लाख धराैटीमा रिहा भएका छन् ।
उनिहरूलाई हिजाे बाजुरा जिल्ला अदालतका न्यायाधीश ढाकाराम पाैडेलकाे ईजलासले जनही १ लाख धराैटीमा रिहा गरेकाे हाे ।
पिडित सुनारकाे पक्षबाट सरकारी वकिलले बहस गरेका थिए भने पिडककाे पक्षबाट वकिल कविराज पण्डित, तुलारम जैशी , हर्क खडायतले बहस गरेका थिए ।
पिडकहरूकाे पक्षबाट तिनै जनाले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्ने भएका छन् ।  उनीहरुविरुद्ध  दलित समुदायका टेकेन्द्र सिंह सुनारले गएकाे असाेज १३ गते जातिय भेदभाव तथा छुवाछूत सम्बन्धिकाे मुद्दा दायर गरेका थिए ।
घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भइ कञ्चनपुर बस्दै आएका सुनारमाथि वडा अध्यक्षसहित ३ जनाकाे समुहले कुटपिट गरि घाईते बनाएकाे थिए ।
वडा अध्यक्ष जुद्वबहादुर अयडी, स्थानीय विनाेद अयडी घटना भएकै दिन पक्राउ परेका थिए भने मन्दिरका पुजारी रंगलाल पाध्याय ३ सातापछि पक्राउ परेका थिए ।
यसरी एउटा दलित समुदायका व्यक्तिमाथि सार्वजनिक पद धारण गरेका वडा अध्यक्षबाटै मन्दिर प्रवेश गरेकाे निहुँमा कुटपिट हुँदापनि उनिहरूलाई धराैटीमा रिहा गरिएपछि दलित समुदाय आक्रान्त बनेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार