होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग […]
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका […]
नागरिक रैबार बाजुरा ४ कार्तिक मन्दिर प्रवेश गरेकाे निहुँमा दलितमाथि कुटपिट गर्ने त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहित ३ जना जनही १ लाख धराैटीमा रिहा भएका छन् । उनिहरूलाई हिजाे बाजुरा जिल्ला अदालतका न्यायाधीश ढाकाराम पाैडेलकाे ईजलासले जनही १ लाख धराैटीमा रिहा गरेकाे हाे । पिडित सुनारकाे पक्षबाट सरकारी वकिलले बहस गरेका थिए […]
नागरिक रैबार बाजुरा ३ कार्तिक बावुराकाे सदरुकाम मार्तडीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन गरिएकाे छ । समाज सुधार युवा क्लवकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे उक्त प्रतियोगिताकाे आज एक कार्यक्रमकाविच नगर प्रमुख अमरबहादुर खड्काले उद्घाटन गरेका हुन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न […]
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो । वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी रंगप्रसाद उपाध्याय पक्राउ परेका छन् । घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भइ कञ्चनपुर बस्दै आएका टेकेन्द्र सिंह सुनारमाथि त्रिवेणी नगरपालिका ७ का […]
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ […]
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको हो। सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधिसभा सदस्य र ३२ प्रदेश सभा सदस्य गरि ४८ निर्वाचन क्षेत्र छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्याइसक्नुपर्ने भएकाले चाँडै छपाइ […]
धनगढीः पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। प्रतियोगितामा सहभागी ६ हजार बढी खेलाडी मध्येकी सबैभन्दा कान्छी खेलाडी हुन रितिका बुमी। उनी पौडीमा सुदूरपश्चिमलाई प्रतिनिधितव गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी छन्। कक्षा ४ मा अध्ययनरत रितिका पढाइसंगै पौडीमा पनि अब्बल रहेको उनका आफन्तले बताएका छन्। नवौँ राष्ट्रिय खेलकुदमा मध्यम प्रर्दशन गरिरहेकी उनले प्रदेशबाट ३६ जनालाई […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले […]
नागरिक रैबार बाजुरा ३१ असाेज चाैथाे संस्करणको छेडेदह फुटबल कपकाे उपाधि पनि कन्सर्न बाजुराले उचालेकाे छ । छेडेदह स्पाेर्टस् क्लकाे आयाेजनामा असाेज २६ गतेदेखि संचालन भएकाे उक्त प्रतियाेगितामा रानिवन स्पाेर्टस् क्लवलाई ३-२ काे अन्तरले पराजित गर्दै यस वर्षकाे उपाधि पनि जितेकाे हाे । चाैथाे टेडेदह कपकाे विजेता बनेकाे कनर्सन बाजुराले २ लाख ३३ हजार ३ […]
डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ७६३ […]
नागरिक रैबार/बाजुरा २९ असाेज।बाजुराकाे बुढीगंगा नगरपालिकामा वडा स्तरीय भलिवल प्रतियोगिता संचालन गरिएको छ । बडा दशैं तथा शुभदिपावली २०७९ काे अवसरमा बुढीगंगा नगरपालिका ३ मा रहेकाे बसाली युवा क्लबद्धारा आयोजित उक्त प्रतियोगिताकाे शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाले सयुक्त रूपमा उद्घाटन गरेका छन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट […]
सुर्खेत– कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् । एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्ने चिन्ताले उहाँ दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुगे । […]
नागरिक रैबार/बाजुरा २७ असाेज। बाजुराको सदरमुकाम मार्तडीमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीस्थित खुलामञ्चमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको आयोजनामा नेपाली सेना दुर्गाभन्ज्याङ गुल्म, नेपाल प्रहरी र ससस्त्र प्रहरीले आगो नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको हाे । बाजुरा जिल्लामा वर्षेनि […]
नागरिक रैबार बाजुरा २८ असाेज नेकपा एकीकृत समाजवादी पार्टीका बाजुराका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार उनलाई सदरमुकाम मार्तडीमा रहेकाे नेकपा एमालेकाे पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् । तत्कालिन नेकपा हुँदा रावल प्रचण्ड- माधव समूहबाट बाजुरा जिल्लामा समानान्तर कमिटीकाे अध्यक्ष बनेका […]
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको […]
नागरिक रैबार/बाजुरा २५ असाेज। बाजुराकाे बडीमालिका नगरपालिका ९ स्थित बाउलीबजारमा रहेकाे एक पसलमा आगलागी भएकाे छ । साेमबार राति मैनबत्तिबाट आगाे सल्केर स्थानीय कृष्ण बहादुर चंदाराकाे पसलभित्र रहेका खाद्यान्न समाग्री लत्ता कपडा र नगद रूपैयाँ समेत जलेर नष्ट भएका छन् । पसलभित्र आगलागी हुँदा खाद्यान्न सामाग्री नगद रूपैयाँ, खानेकुरा लगायत डेढ लाख बढीकाे क्षेति भएकाे […]
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ […]
प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ । देशैभरिका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो […]