होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री बनाउँछाैं: मन्त्री शाही
समाचार

सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री बनाउँछाैं: मन्त्री शाही

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री बनाउँछाैं: मन्त्री शाही

नागरिक रैबार/बाजुरा २० फागुन। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिकाे तेस्राे उद्घाटन समाराेहमा शुभकामना मन्तब्य दिनै मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सवै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सुचना लुकाउनु पर्ने कुनै कारण हुदैन, सवै कुरा पत्रकार मार्फत जनतालाई जानकारी हुनु पर्नेमा जाेड दिनुभएकाे छ ।

आफू मन्त्रालयमा आएर पदभारग्रहण गरेलगत्तै मन्त्रालयले गरेकाे कार्यक्रममा सवै पत्रकारलाई बाेलाएर संगै बसेर अर्धबार्षिक समीक्षा छलफल गरेकाे उदाहरण दिदै मन्त्री शाहीले प्रदेश सरकार मिडिया मैत्री हुनेमा बिस्वास ब्यक्त गर्नुभएकाे छ ।

विज्ञापन

अर्काे प्रसंग मा बाेल्दै मन्त्री शाहीले अब सुदुरपश्चिमलाई गरिवि,विकट, दर्गम, पिछाैटेपनकाे नजरले मात्र चिनाउनेहैन केही नयाँकामकाे सुरूवात गरेर नयाँतरीकाले सुदुरपश्चिमलाई चिनाउनु पर्छ त्याे पहिलाे हाे समय पुदुरपश्चिममा हुने सवै कार्यक्रमहरू समयमै गराैं समयलाई मध्यनजरगराैं सुदुरपश्चिम भन्दा बित्तिकै समयकाे महत्व भएकाे प्रदेशकारूपमा चिन्ने ब्राण्ड बनाउँ अब नेपालीटाईम हैन ।

समयलाई समयकै रूपमा व्याख्या गर्ने गराैं । सवैकुराकाे सुरूवाद आफैबाट सुरूगर्नु पर्नेमा जाेड दिनुभएकाेछ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष याेगेश रावलकाे अध्यक्षतामा संचालन भएकाे साधारण सभाकाे विशिष्ट अतिथि रहनुभएका मन्त्री शाहीले प्रदेशकाे विकास समृद्धीकालागि प्रदेश सरकार र मिडियाले हातेमालाे गरेर अघिबढ्ने बताउनुभएकाे छ ।

कैलालिकाे गाेदावरीमा रहेकाे सालिना बाटीकामा संचालन भएकाे साधारण सभाकाे उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभएकाे थियाे ।

महासंघका प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले संचालन गरेकाे साधारण सभामा सुदूरपश्चिमका नाै वटै जिल्ला शाखाका अध्यक्ष, प्रदेश समिति, केन्द्रीय सदस्य, पेसागत संगठनका प्रमुखलगाएत विभिन्न मिडियाका प्रतिनिधिहरूकाे उपस्थित रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार