होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय […]
देश भन्नु नै के रै’छ र चार किल्लाको माटो ! त्यै माटो नै उस्को मात्रै जो छन् टाठो-बाठो !! मार्मिक हरफ कलाकार प्रकाश सपूतको ‘पीर’ गीतको अंश हो । देश भन्ने केवल शब्द मात्रै होइन, यो एउटा भावना, प्रेम, कर्म थलो र पहिचान हो । देशसँग केवल भूगोल र राजनैतिक प्रणाली मात्र हुँदैन, योभित्र संस्कार, […]
नागरिक रैबार बाजुरा २७ पुस नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सूरु भएको छ । आजबाट सूरु भएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समद्घाटन् गरेका हुन् । नेपाल प्रेस युनियन सुदुरपश्चिमको प्रथम अधिवेशन प्रेम चुनाराको अध्यक्षतामा सूरु भएको छ । अधिवेशनमा प्रमुख अतिथी नेपाली कांग्रेसका […]
नागरिक रैबार/बाजुरा २७ पुस। बाजुराका एक युवाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नम्वर ४ रिला घर भएका अन्दाजी २५ वर्षिया दलबहादर उखेडा रहेका छन् । रोजगारीको शिलसिलामा भारतमा काम गर्दै आएका उखेडाको मंगलबार साँझ स्कुटर दुर्घटनामा परेर मृत्यु भएको उनका आफन्तले शंकर उखेडाले बताएका छन् । आफन्तका अनुसार आजै उनको […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको […]
काठमाडौं :नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्नु कुनै औचित्य नभएको बताए। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीमा प्रचण्डको विरोध गर्नुमा कुनै तुक नभएको बताए।उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गरे। उनले भने,’दुई वर्षपछि भोट हाल्छु भनेकै थियो। अहिले हाल्दा के भयो र? कांग्रेसको राम्रो निर्णय […]
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ […]
काठमाडौं । सरकारमा सहभागी दलहरुले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका छन् । त्यस क्रममा उनले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताएका छन् । उनले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका […]
काठमाण्डाै – सङ्घीय संसद्को पहिलो बैठक सुरु भएकाे छ । गएकाे मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको भयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । कोल्टी क्षेत्रका स्थानीय तहका बजारहरुको अनुगमन गर्न मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टसहित खटिएको टोलीले आज कोल्टी बजारको अनुगमन गरेको हो । कोल्टी बजारको अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, […]
नागरिक रैबार/बाजुरा २३ पुस। बाजुरा जिल्लामा कानुन विपरित संचालन हुँदै आएका ६ वटा सवारी साधानहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएर कारवाही गरेको छ । रातो नम्बर प्लेट राखेर कानुन विपरित बाजुराबाट हुम्लासम्म सञ्चालन हुँदै आएको थाहा पाएपछि ६ वटा सवारि साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । व्यक्तिगत प्रयोजनका […]
नागरिक रैबार/बाजुुरा २३ पुस । जिल्लाको बडीमालिका नगरपालिकाले बाजुरा कारागारका कैदीबन्दीलाई खेलकुदका सामग्री सहयोग गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको समन्वय र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कारागारमा रहेका कैदी बन्दीलाई खेलकुदका सामग्री सहयोग गरिएको हो । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकका अनुसार कैदीबन्दीलाई २ वटा भलिबल, २ वटा क्यारेम बोर्ड, […]
नागरिक रैबार/बाजुरा २३ पुस। बाजुराका २ जना १ किलो चरेससहित अछाममा पक्राउ परेका छन् । चरेससहित पक्राउ पर्नेमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका १० पाण्डुसेन घर भई हाल साँफैबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा भेडाबाख्रा पालन गर्दै आएका मिङमार थापाको छोरा ६० वर्षीय लाक्पा थापाबाट ८३८ ग्राम र थोक दोर्जेको श्रीमती ३५ वर्षीया धम्ब चेतो रहेका […]
नागरिक रैबार/बाजुरा २२ पुस।नेकपा एमाले बाजुराले जिल्ला कमिटी सदस्य छप्किलाल बुढालाई पार्टीकाे सदस्य समेत नरहने गरि निस्कासित गरेकाे छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे मार्तडीमा बुधवारदेखि जारी रहेकाे बैठकले नेता बुढालाई पार्टीकाे सदस्य समेत नरहनेगरी निस्कासित गरेकाे हाे । नेता बुढाले २०७९ बैशाख ३० मा भएकाे स्थानीय तहकाे निर्वाचन र मंसिर ४ मा भएकाे […]
नागरिक रैबार बाजुरा २१ पुससरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप ऐडी र चेतन ऐडी १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे छ।पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि […]
नागरिक रैबार बाजुरा २१ पुस । बाजुरा वितरण केन्द्र अन्तर्गत बडीमालिका नगरपालिका-६ स्थित जडाङ्गामा ३३ केभि प्रसारण लाईनको २ वटा पोल ढलेपछि हिजाेबाट मार्तडीमा विद्युत सेवा अवरुद्ध भएकाे हाे । राष्ट्रिय प्रसारण लाईनकाे जडाङ्गामा २ वटा पाेल ढलेपछि मार्तडी आसपास क्षेत्रमा हिजाे २ बजेबाट विद्युत सेवा अवरुद्ध भएकाे हाे । पाेल ढलेर अवरुद्घ भएकाे विद्युत […]
नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभरको भाडादर निर्धारण गरेको छ । जिल्लामा चल्ने जिप व्यवसायी संग हिजो बसेको बैठकले जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षमतालाई मध्येनजर गरी यस […]
नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादर कायम गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षेमतालाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय बाजुराले यस […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजे भित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको […]
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा भेटी […]