होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन् । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विद्या भूषण पदक तथा नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन […]
काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई शनार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।
बैतडी, भाद्र-२१ । नरभंक्षी चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रवार राती एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको हो । शुक्रवार बेलुका साढे ७ बजेतिर घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो […]
नागरिक रैबार/बाजुरा २० भदौ । बाजुरामा मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मानाईएको छ । शुक्रबार विहान विभिन्न चेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्याल बाजुराको आयोजनामा शुक्रबार मनाईएको […]
धनगढी : कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो । यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]
रमित विक/भदौ २० बाजुरा।बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बनेको छ । गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि, मदिरा विक्रि वितरण र सेवन गर्नेहरु उल्लेख्य मात्रामा घटेका छन् । गौमुल–६ सटेडाका गोरे मिजारको उमेर ५० वर्ष पुग्यो । उहाँले जाँड रक्सी खान छोडेको ६ महिना भयो । त्यसअघि रक्सी खानकै लागि मिजारले […]
राजेन्द्र बहादुर रोकाया/भदौ १९ बाजुरा। गौमुल गाउपालिकाको घट्मुनाबाट काल्चे भिर, दहकोट, तल्दुगुन, मल्दुगुन र पौंदाली हुँदै तीन दिनको पैदल यात्रा पछि मात्र पुगिन्छ उच्च हिमाली भेग छेडेतोली भन्ने स्थानमा । तिन दिनको पैदल यात्रा पछि लेकमा रहेको अनौठो प्रकृतिको प्रबेशद्धार देख्न पाईन्छ । त्यहाँ पुग्ने सबैको मन प्रवेशद्धारले लोभ्याउँछ । गौमुल गाउँपालिकाको वडा नं. २ […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बडीमालिका नगरपालिका २ घागरका २० वर्षिया चक्र महत । उनी एक सामान्य परिवारमा जन्मेका युवा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले जेनतेन एसएलसी सम्मको अध्ययन गरे । एसएलसीसम्मको अध्ययन पछि वेरोजगारी समस्याले घरमै बसेका महतमा केही गर्नुपर्छ भन्ने मनमा भावना जाग्यो । तर उनीसंग केही गर्नका लागि घरको […]
नागरिक रैबार/बाजुरा १८ भदौ।बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका ईङ्गिलस बोर्डिङ्ग स्कुलका एकजना शिक्षकले बालकलाई शक्त घाईते बनाएका छन् । कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका वडा नं. ९ का कृष्णा थापाका अन्दाजी ८ वर्षिया बालक पविन्द्र थापालार्ई शिक्षकले कुटपिट गरेका हुन । बुधबार कक्षा संचालन भईरहेका बेला गृहकार्य नगरेको भन्दै बालक थापालाई विद्यालयका शिक्षक मानसिह खड्काले पाईपको […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ । कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार […]
नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ । पछिल्लो समय लोप […]
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
नागरिक रैबार/बाजुरा, १७ भदौ । जिल्ला प्रहरी कार्यालय बाजुराले ५ महिनामा ५ सय रोपनी जग्गामा जागेकाे गाँजा नष्ट गरेको छ । प्रहरीले २०७६ बैशाख देखि भदौ सम्म पाँच महिनाको अवधिमा करिब ५ सय रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले केन्द्रिय नीति अनुरुप बाजुराका ९ वटै स्थानीय तहका विभिन्न गाउँमा पुगेर गाँजा […]
प्रमित विक/बाजुरा १६ भदाै । यतिबेला जिल्लाका अधिकाँस शहरमा महिलाहरुले तीजको अवसरमा नाचगान गर्नुका साथै तीजको दर स्वरुप मिठा मिठा खानेकुराहरु खाएर रमाईरहेका छन् । जिल्लाको सदरमुकाम मार्तडी, कोल्टीबजार, बाम्का बजार र बेतालमाण्डौं बजारमा महिलाहरूले हर्षोल्लासका साथ तीज मनाईरहेका छन् । तर जिल्लाकै अति दुर्गममा रहेका महिलाहरुलाई तीज भनेको के हो ? तीज कसरी मनाउन्छन् […]
नागरिक रैबार/ बाजुरा १५भदौ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले तीज विषेश कार्यक्रम भव्य रुपमा मनाएको छ ।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर पत्रकार महासंघ बाजुरा शाखाले महासंघमा आवद्ध महिला संचारकर्मीहरुलाई तीजको दर समेत खुवाएको छ । आईतबार नेपाल पत्रकार महासंघ बाजुराको आयोजनामा रेडियो बाजुराको तालिमहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर शुभकामना […]
रामबहादुर विक/ बाजुरा १५ भदाै । तीजको अवसरमा बडीमालिका नगरपालिका ७ सिराडी गाउँमा सरसफाई गरिएको छ । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र दिसा मुक्त सफा सुन्दर गाँउ बनाऔं भन्ने उद्देश्यका साथ बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा सरसफाई कार्यक्रम गरिएको हो । बडीमालिका नगरपालिकाको निणय अनुसार शनिबार नगरकार्यपालिका सदस्य धनमती […]
नागरिक रैबार/ बाजुरा १४ भदौ। हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका आउन अझै केही दिन बाँकि छ तर बाजुरामा भने तीजको रौनकताले महिलाहरुमा छाईसकेको छ । हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष बाजुराका महिलाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदै आएका छन् । यो वर्षपनि तीज आउन दुईदिन मात्रै बाँकी रहँदा सदरमुकाम मार्तडीका महिलाहरुले नाचगान, तीजको दर खान […]
नागरिक रैबार/बाजुरा १४ भदौ। वडा स्वास्थ्य केन्द्रमा विरामीहरुको संख्यामा वृद्धि हुँदै आएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. ७ झालीमा रहेको वडा स्वास्थ्य केन्द्रमा विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । दुसित पिउने पानी र खानपानमा ख्याल नगरेका कारण स्वास्थ्य केन्द्रमा झाडापखाला र भाईरल ज्वरोका विरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रका अहेव मिनबहादुर […]
नागरिक रैबार /बाजुरा १४ भदौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले मृृतकको परिवारलाई कालगति मृत्यु दावी भुक्तानी रकम हस्तान्त्रण गरेको छ । बडीमालिका नगरपालिका वडा नं. ७ का देबे दमाईको मिति २०७६ बैशाख २० गते एक्कासी बिरामी भई मृत्यू भएकोले निजको धर्मपत्नी धनमती दमाईलाई कालगती मृत्यु दाबी रकम रु.१ लाख ४२ हजार ७१३ रकम […]