होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते
समाचार

अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते

  • नागरिक रैबार
अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते

अछाम २ असाेज। अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ ठुलासैनबाट रामारोशन जाँदै गरेको से १ ज १०९३ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्।

उक्त दुर्घटनामा परि रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौकी २४ वर्षीय उर्मिला देवकोटा, वडा नम्बर १ का २५ वर्षीय पदम साउद, वडा नम्बर २ चाफामाण्डौंका २४ वर्षीय कुशलराज देवकोटा, सोही ठाउँका दुई वर्षीय रियान्स देवकोटा, मंगलसेन नगरपालिका वडा नम्बर ६ जनालिवण्डालीकी २२ वर्षीय मेघा विक, सोही ठाउँकी १८ वर्षीय रत्ना बिक, ४० वर्षीय ईसरा बिक र १३ वर्षीया लक्ष्मी बिक घाइते भएका हुन्।

उनीहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरिक्षक कलेन्द्र विक्रम शाहीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटाईएको थियो। जीप चालक रामारोशन गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय धन बहादुर बुढा मगरलाई भने नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार