होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ । मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी […]
१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । डिसेम्बर २०१९ मा देखिएको […]
संसारभरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ । गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गंगाप्रसाद न्यौपानेले बाजुराबासी सवैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । अनावश्यक रुपमा घरबाहिर निस्किएर भिडभाड गर्ने जो कोहीलाई भोली देखि नियन्त्रणमा लिएर सरकारले गरेको निर्णय अनुसार कानुनी कारवाही गर्न बाध्य हुनेछौ प्रजिअ न्यौपानेले बताए । उहाँले भन्नुभयो बरु […]
नागरिक रैबार । चैत १२ काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन्। बुधबार प्रधानम्नत्री ओली ट्वीट गर्दै सबैलाई घरमा बस्न आग्रह गरेका हुन्। ओलीको सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। छिमेकी मुलक भारत र स्वदेश भित्रका विभिन्न शहरबाट बाजुरा आएका ४६ जना नेपालीहरुलाई मालिका माविमा राखिएको छ । बुधबार साँझ मार्तडीमा पुगेका उनीहरु सवैलाई मालिका माविमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बुधबार मात्रै सदरमुकाम मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक बिद्यालयका बिभिन्न कोठामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट बच्नका लागि निर्माण गर्ने भनिएका आईसोलशन कक्षहरु अझै निर्माण हुन सकेका छैनन् । यस अघि जिल्लास्थित सरोकारवाला निकायसहितको ९ गते बसेको बैठकले तत्काललाई जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हल प्रयोग गरेर २० वटा आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले निर्णय […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा अहिलेसम्म १५ वटा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार कोरोना भाईरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि १५ वटा स्थानमा हेल्थ डेस्कहरु स्थापना भएका छन् । बाजुरामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि इकडी, मार्तडी बसपार्क, जिल्ला […]
मदन विक/बाजुरा १२ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट जोगिन सरकारले मंगलबार बाट घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बाजुरा प्रहरीले पनि सक्रियता बढाएको छ । मंगलबारबाट सूरु भएको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी लगायतका बजारहरुमा बिहानैदेखि सकडमा गस्ति परिचालन संगै कोरोना भाइरसबारे जनचेतना जगाउँदै माइकिङ समेत गरेको छ […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
काठमाडौँ — सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएको हो। बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ। नेपाली नागरिकको प्रमाण र […]
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ। चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको […]
सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना व्यवस्थापनका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ […]
नागरिक रैबार । चैत ११धनगढी : सोमवार साँझ मात्रै संघीय सरकारले निर्णय गर्दै भन्यो, ‘सीमा नाकामा अलपत्र परेका नेपालीलाई प्रवेशमा अनुमती दिनु।’ तर उक्त निर्णय गरेको केही समयमै फेरी संघीय सरकारले नै आज विहान ६ बजेदेखि एक साता सम्मका लागि लकडाउन गर्ने निर्णय ग¥यो। पहिलो निर्णय कार्यान्वयन गर्न नपाउँदै दोश्रो निर्णयको कार्यान्वयनमा जुटेको कैलाली प्रशासन अहिले […]
बिराटनगर । भनिन्छ, कोरोनाको जोखिम बालबालिका र युवालाई भन्दा वृद्धवृद्धालाई बढी हुन्छ । यस्तो बेलामा ज्येष्ठ नागरिकहरुले सबैभन्द बढी सतर्क हुनुपर्छ र घरभित्रै रहनुपर्छ । तर, मंगलबार बिहान मोरङको तेतरियामा अलि अनौठो दृश्य देखियो । कोरोनाको संक्रमण हुन नदिन सरकारले देशभर लकडाउन गरेकै दिन मंगलबार मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरियामा रहेकोे सेन्चुरी कमर्सियल बैंकमा ज्येष्ठ नागरिकहरुको […]
नागरिक रैबार चैत ११ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो। कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। नेपाल सरकारले मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि अहिले बाजुरा जिल्ला पनि सुनसान बनेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि बाजुरा जिल्ला पनि सुनसान बनेको हो । साेमबार बसेको प्रमुख जिल्ला अधिकारी सहितकाे सर्वपक्षीय […]
हिजोको मात्र कुरा हो, वीरगञ्जका एकजना व्यवसायीमा कोभिड-१९ पोजिटिभ भेटिएको गलत समाचार दिने टेलिभिजन र अनलाइन समाचार पोर्टलले तत्काल ‘गल्ती भो’ भन्नु पर्यो। ‘रुसी जनता तर्साउन राष्ट्रपति पुटिनले ५०० सिंह छाडेको’ भन्ने हुँदै नभएको समाचार सेयर गर्नेहरूले तत्काल आफ्नो पोष्ट डिलिट गर्नुपर्यो। यसले देखाउँछ- विशेष परिस्थितिमा कुनै सूचनामा गल्ती हुँदा तपाईंले अरू बेला जस्तो किन […]
नागरिक रैबार बाजुरा – सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो । उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, […]