होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लकडाउनमा यसरी परिचालन भयो बाजुरा प्रहरी (फोटो फिचर)
देश/प्रदेश

लकडाउनमा यसरी परिचालन भयो बाजुरा प्रहरी (फोटो फिचर)

  • नागरिक रैबार
लकडाउनमा यसरी परिचालन भयो बाजुरा प्रहरी (फोटो फिचर)

मदन विक/बाजुरा १२ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट जोगिन सरकारले मंगलबार बाट घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बाजुरा प्रहरीले पनि सक्रियता बढाएको छ ।

मंगलबारबाट सूरु भएको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी लगायतका बजारहरुमा बिहानैदेखि सकडमा गस्ति परिचालन संगै कोरोना भाइरसबारे जनचेतना जगाउँदै माइकिङ समेत गरेको छ ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईका अनुसार मंगलबार बिहान देखि लकडाउन सुरु भएपछि यहाँका स्थानीयहरुको बजारमा आवत जावत न्युन रहेको छ ।

मंगलबार विहानै देखि जिल्ला सदरमुकामको मार्तडी बजारमा अनुगमन गर्न प्रहरी प्रमुख टंकप्रसाद भट्टराई र प्रहरी निरिक्षक दानबहादुर रोकाया सहितको प्रहरीको टोली परिचालन थियो । लकडाउनको पहिलो दिन यहाँका स्थानीयहरुले केही असहजता महसुस गरेको भएतापनि पहिलो दिनको दिउसोबाट सवैले सजकता अपनाएको प्रहरीले बताएको छ ।

बाजुरामा लकडाउनको प्रभावकारी भएनभएको अनुगमन गर्न मंगलबार दिउसो निस्केको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त र प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराई लगायत प्रहरीको टोलीले केही स्थानीयहरु सडकमा निस्किएको भेटाएपछि प्रहरीले सम्झाई बुझाइ गरेर फर्काएपछि अवस्था झन सहज बन्दै गएको पाइएको छ ।

प्रहरीले मंगलबार माईकिङ गरी सदरमुकाम मार्तडी, तिपाडा, बाम्का, तोली, बेतामाण्डौं, डावबजार लगायतका जिल्लाका बजारहरुमा समेत सर्वसाधरणलाई घर भित्रै बस्न, घरबाहिर ननिस्कन आग्रह गर्दै हिडेको थियो । ‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि बाजुरा जिल्लामा पनि लकडाउनलाई सवैले मानेर सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेकाे भनाइ छ ।

प्रजिअ न्याैपानेका अनुसार लकडाउनको बेला अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जिल्ला सूरक्षा समितिले यस अघि निर्णय गरिसकेको छ । तर लकडाउनको अपहेलना गर्ने वा काममा बाधा र्पुयाउनेलाई सरकारको निर्णय अनुसार सजाय गर्ने प्रशासनले  बताईएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार