होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला बाहिरबाट आएका ४६ जनालाई मालिका माविमा राखियो
देश/प्रदेश

जिल्ला बाहिरबाट आएका ४६ जनालाई मालिका माविमा राखियो

  • नागरिक रैबार
जिल्ला बाहिरबाट आएका ४६ जनालाई मालिका माविमा राखियो

नागरिक रैबार/बाजुरा १२ चैत्र। छिमेकी मुलक भारत र स्वदेश भित्रका विभिन्न शहरबाट बाजुरा आएका ४६ जना नेपालीहरुलाई मालिका माविमा राखिएको छ ।

बुधबार साँझ मार्तडीमा पुगेका उनीहरु सवैलाई मालिका माविमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बुधबार मात्रै सदरमुकाम मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक बिद्यालयका बिभिन्न कोठामा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार मार्तडी पुगेका स्वामीकार्तिक खापर गाउँपालिकाका ६ जना, बुढिनन्दा नगरपालिका नगरपालिकाका १६ जना त्रिबेणी नगरपालिकाका १० जना बुढिगंगा नगरपालिका २ जना खप्तड छेडेदह गाउँपालिकाका ४ जना र बडिमालिका नगरपालिकाका ८ जना रहेका छन् ।

विज्ञापन

तिनीहरु सबै जनाको पहिलो दिनको खानाको व्यवस्थापन बडीमालिका नगरपालिकाले ब्यहोर्ने भएको छ ।बाजुरा जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट बच्नका लागि निर्माण गर्ने भनिएका आईसोलशन कक्षहरु समयमै निर्माण नहुँदा उनीहरु सवै जनालाई विद्यालयमा राखिएको हो ।

जिल्लामा अहिले भारत तथा अन्य स्थानहरुबाट प्रवेश गर्नेहरुको लर्को लागिरहेको छ । तर बाहिरबाट आउनेहरुका लागि तयार गरिएका जिल्लाका सवै हेल्थ डेक्समा कोरोना भाईरसको संक्रमण भए नभएको चेकजाँच गर्नका लागि आवश्यक उपकरणहरु नभएपछि सवै जनालाई एकै ठाउँमा राखिएको हो ।

विद्यालयमा राखिएका सवै जनालाई भोली चेकजाँच गरेर सम्वन्धित स्थानीय तहमा पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज बाजुरा पुगेका सवै जनालाई सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा बाजुरा पठाईएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहका स्वकीय सचिव जंग विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार