होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लकडाउन पछि बाजुरा जिल्ला सुनसान बन्दै
देश/प्रदेश

लकडाउन पछि बाजुरा जिल्ला सुनसान बन्दै

  • नागरिक रैबार
लकडाउन पछि बाजुरा जिल्ला सुनसान बन्दै

नागरिक रैबार/बाजुरा ११ चैत्र। नेपाल सरकारले मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि अहिले बाजुरा जिल्ला पनि सुनसान बनेको छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि बाजुरा जिल्ला पनि सुनसान बनेको हो ।

साेमबार बसेको प्रमुख जिल्ला अधिकारी सहितकाे सर्वपक्षीय बैठकले बाजुरालाइ पनि लकडाउन गर्ने निर्णय गरेपछि  मंगलबार विहानैबाट बाजुरा जिल्लाका सवै स्थानीय बजारहरु बन्द गराएको छ । स्थानीयलाई अत्यावश्यक काम बाहेक जथाभावी आवत जावत नगर्न प्रशासनले आग्रह समेत गरेको छ ।

विज्ञापन

मंगलबार जिल्लाका सवै स्थानीय तहहरुका बजारमा प्रहरीहरु परिचालन गरिएका छन् । प्रहरीले कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि स्थानीयहरुलाई सचेतना जगाउँदै गस्ति समेत परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बाजुरा जिल्लामा पनि लकडाउनलाई सवैले मानेर सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले आग्रह गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण (कोभिड(१९) रोकथाम र नियन्त्रणका लागि बाजुरामा पनि लकडाउन गर्ने निर्णय गरेको थियो ।

यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाउँदैनन्
लकडाउनपछि सदरमुकाम मार्तडीमा भित्रिने निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द भएका छन् ।

लकडाउन हुँदा के गर्न पाँइदैन ?
औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन्।
(अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लाग्नेछ।
(स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।
(औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।
(व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने।
(संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउने।
(अपहेला गर्ने वा काममा बाधा र्पुयाउनेलाई सोही ऐनबमोजिम सजाय गर्ने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार