होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा आइसोलेसन र क्वारेन्टाइन खाली, गौरीफन्टामा अलपत्र नेपाली
समाचार

धनगढीमा आइसोलेसन र क्वारेन्टाइन खाली, गौरीफन्टामा अलपत्र नेपाली

  • नागरिक रैबार
धनगढीमा आइसोलेसन र क्वारेन्टाइन खाली, गौरीफन्टामा अलपत्र नेपाली

नागरिक रैबार । चैत ११धनगढी : सोमवार साँझ मात्रै संघीय सरकारले निर्णय गर्दै भन्यो, ‘सीमा नाकामा अलपत्र परेका नेपालीलाई प्रवेशमा अनुमती दिनु।’ तर उक्त निर्णय गरेको केही समयमै फेरी संघीय सरकारले नै आज विहान ६ बजेदेखि एक साता सम्मका लागि लकडाउन गर्ने निर्णय ग¥यो। पहिलो निर्णय कार्यान्वयन गर्न नपाउँदै दोश्रो निर्णयको कार्यान्वयनमा जुटेको कैलाली प्रशासन अहिले अन्योलमा छ।

झण्डै २० घण्टादेखि कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा सयौँ नेपालीलाई सुरक्षा घेरामा राखिएको छ। आज विहान मात्रै अलपत्र नेपालीले सुरक्षा घेरा तोड्ने प्रयास गरे तर सशस्त्र र नेपाल प्रहरीले उनीहरुलाई अगाडी बढ्न दिएन्। उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ।

विज्ञापन

सीमामा अलपत्र डोटीका रमेश विकले भने, ‘मुख्यमन्त्री ज्यूले बर्षाै सम्म भारतमा काम गर्नुभएको थियो। कमसेकम उहाले त हाम्रो पीडा बुझ्नुहोला सोचेको थिए। तर उहाँले पनि बुझ्नुभएन्।’ यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसंग समन्वय भईरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुगाउन पहल भईरहेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी बोहराले दिनेश खवरलाई भने, ‘सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु अहिले सीमा क्षेत्रमै रोकेका छौ। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन सकेको छैन्। गन्तव्य सम्म पुगाउन पहल थरिरहेका छौ।’

सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसंग जिल्लागत विवरण मागेको पनि झण्डै चार घण्टा वितिसकेको छ। तर गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपालीलाई प्रवेश अनुमती बारे निर्णय हुन नसक्दा उनीहरुले राज्य भएको अनुभुती समेत गर्न पाएका छैनन्।

प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा मात्रै सात सय ५० शैयाको आईसोलेसन कक्ष र थप क्वारेन्टाईन पनि स्थापना गरेको जनाएको छ। तर उनीहरुलाई प्रवेश अनुमती दिएर आईसोलेसन र क्वारेन्टाईनमा राख्ने प्रयास समेत भएको छैन्।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार