नाकामा अलपत्र नेपालीलाई आज अन्तिम पटक प्रवेश गर्न दिइने
Breaking News
नाकामा अलपत्र नेपालीलाई आज अन्तिम पटक प्रवेश गर्न दिइने
१४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
नागरिक रैबार
[sharethis-inline-buttons]
अ
अ
अ
काठमाडौँ — सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएको हो। बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ।
नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए। यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि सरकारले निर्णय गरेको छ ।
उनीहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन प्रदेश र स्थानीय सरकारलाई मिलाउन समितिले निर्देशन दिएको छ।
फेसबुक प्रतिक्रियाहरु