होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् । बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले […]
नागरिक रैबार/बाजुरा ६ असोज। ४० औँ सामाजिक सेवा दिवसको अबसरमा एक जना पीडित नेपाली परिवारलाई केही समाजसेवी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । जिल्ला अस्पताल बाजुरामा उपचार गराई रहेका बडीमालिका नगरपालिका वडा नं.२ माझिगाँउ बस्ने रुपक नेपालीका छोरी ३ वर्षीया सर्मिला नेपालीलाई उपचारका लागि सामाजिक सञ्जालबाट अभियान चलाई विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग गरी रु.२३ हजार […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको बडीमालिका नगरपालिका र गिफ्ट बाजुराको आयोजनामा ४० औँ सामाजिक दिवस बाजुरामा पनि मनाएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा विभिन्न समयमा आएका शक्त विरामीहरुलाई बचाउन रगतदान गर्ने समाजसेवी व्यक्तिहरुलाई नगरपालिकाले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको हो । बडीमालिका नगरपालिका नगर उप–प्रमुख कबिता बिष्टको अधक्ष्यतामा संञ्चालन गरिएका कार्यत्र्mमा समाज […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको जुकोट र पाण्डुसैनमा फलेका स्याउ पहिलो पटक सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र संघीय राजधानी काठमाण्डौँ लगिएको छ । किसानले बारीमा फलाएका स्याउ बजार नपाई बोटमै कुहिने अबस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएर पहिलो पटक जिल्ला बाहिर स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद […]
काठमाडौं : दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्। बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन। गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत […]
प्रमित वि.क /बाजुरा ५ असोज । बाजुराको गौमुल गाउँपालिका घट्मुना बजार अनुगमन गरिएको छ । गाउँपालिका उपा–अध्यक्ष सिता थापाको नेतृत्वमा आईतबार घट्मुना बजारमा रहेका विभिन्न किराना तथा खाद्य पसलहरु अनुगमन गरिएको छ । गौमुल गाउँपालिका, ईलाका प्रहरी कार्यालय, कृषि शाखा, स्वास्थ्य शाखाको संयुक्त समुहले बजार अनुगमन गरेको हो । पसल अनुगमन गरि म्याद सकिएका खाद्य […]
नागरिक रैबार/बाजुरा ५ असोज। बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ८ माटाबाडामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ माटाबाडाका बादुरे बिष्टकी छोरी १६ वर्षीया कल्पना विष्टले आत्महत्या गरेका छन् । शनिबार घाँस काट्न गएकी किशोरी बेलुका सम्म घर नफर्किएपछि खोजी गरेको र खोजी […]
बझाङ/ असोज ५ । बझाङ जिल्लाको केदार स्यँ गाँउपालीका वडा नम्बर ७ को वडा कार्यलयमा गएराती सबै कागजात लगायत धेरै सामाग्रीहरु जलाएर नष्ट पारिएको छ । वडा कार्यालयमा भएका रजिष्टर,सोफासेट,कम्प्युटर, सोलार, फोटोकपि मेसीन लगायत आलमारीमा भएका सबै काजजातहरु जलाएर नष्ट गरेको वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बोहराले बताउनु भयो । राती १२।१ बजेको […]
आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलेको छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै […]
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्। शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति […]
सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी बढ्दै गएको छ। फर्जी कागजात वनाउने, अनुमति बिना शाखा खोल्ने र एक तालिम भनेर अर्कै दिने गर्दै ठगी गर्ने क्रम वढ्दै गएको हो। विद्यार्थीहरुको भविष्य अन्यौलमा परेपछि ठगेको भन्दै उजुरी पर्न थालेका छन्। कतिपय सञ्चालकहरु पक्राउ परेपनि कारवाही नहुँदा अवैध रुपमा प्राविधिक शिक्षा र व्यवसायिक […]
नागरिक रैबार/बाजुरा ४ असोज। चर्चित हाँस्य कालाकार कमल गाउँले बाजुरा आउने भएका छन् । बडीमालिका नगरपालिको आयोजनमा असोज ८ र ९ गतेमा संचालन हुन लागेको प्रथम युवा उद्यमी सम्मेलन प्रथम युवा सम्मेलन कार्यक्रमका लागी चर्चित हाँस्य कलाकार गाउँले बाजुरा आउन लागेका हुन । “स्थानीय उत्पादन तत्परता समृद्धीका लागी युवा उद्यमशिलता” भन्ने मुल नाराका साथ बडीमालिका […]
४ असोज, काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ कालापानी बस्ने २० वर्षीय बिनोद कुमार भण्डारीको […]
नागरिक रैबार/बाजुरा ४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुराले संविधान दिवसको अवसरमा वृक्षारोपण गरी मनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा फलफुलका विरुवा रापेर दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालय वरिपरी १ सय ७ वटा विरुवा रोपेर मनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए । संविधान दिवसको अवसरमा जिल्ला प्रहरी […]
खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ […]
खबर संवाददाता/बाजुरा ४ असोज। ‘विप्लव’ समुहका बाजुरा जिल्लाका सह–सचीव दानबहादर सड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिव, निमुखा […]
नागरिक रैबार/बाजुरा ३ असोज। मुलुकको लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा लिइने गरिएको छ । तीन बर्ष अगाडि अर्थात २०७२ असोज ३ गते नेपालमा सविधान जारी भएसंगै मुलुक नया संरचनामा गइसकेको छ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरमा समेत संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम मार्तडी खुल्ला […]
नागरिक रैबार/बाजुरा ३ असोज। संविधान दिवसको अवसरमा जिल्लाका डिएसपी उद्धब सिंह भाट नेपाल प्रताप सुभुषणबाट विभुषित भएका छन् । सम्माानीय राष्ट्रपति विद्यादेवि भण्डारीज्युबाट नेपालकाे संविधानको धारा २७७ को उपधारा १ बमोजिम संविधान दिवस २०७६ को अवसरमा नेपाल सरकार मन्त्रीपरिषतको सिफारिसमा विभुषित हुनुहुने ६३४ जना महानुभावहरुमध्ये नेपाल प्रताप सुभुषणबाट विभुषित भएका हुन । आज भाटलाई बाजुरामा […]
अछाम २ असाेज। अछाममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ ठुलासैनबाट रामारोशन जाँदै गरेको से १ ज १०९३ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्। उक्त दुर्घटनामा परि रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौकी २४ वर्षीय उर्मिला देवकोटा, वडा नम्बर १ का २५ वर्षीय पदम […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल […]