होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सचिवालयमा प्रधानमन्त्री ओलीको आत्मआलोचना, स्थायी कमिटी बैठक वैशाख २५ गते
समाचार

सचिवालयमा प्रधानमन्त्री ओलीको आत्मआलोचना, स्थायी कमिटी बैठक वैशाख २५ गते

बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाइने, नेपाललाई अध्यक्ष बनाउनेबारे कुनै निर्णय भएन

  • नागरिक रैबार
सचिवालयमा प्रधानमन्त्री ओलीको आत्मआलोचना, स्थायी कमिटी बैठक वैशाख २५ गते

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।

त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ । ‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

विज्ञापन

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता बैठकपछि श्रेष्ठले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमीकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए । सबै नेताहरुले आफ्नो जिम्मेवारीअनुसार सकारात्मक ढंगले अगाडि बढ्ने संकल्प लिएको पनि उनले बताए ।

‘यसक्रममा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जेजति कमिकमजोरी भएका छन् ती कमिकमजोरीहरुमा आफ्नो हकको जिम्मेवारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालेचना गर्नुभएको छ । त्यस्तै अध्यक्ष कमरेड प्रचण्ड र अरु कमरेडहरुले पनि त्यहीअनुसार आत्मालोचित हुँदै अगाडी बढ्ने संकल्प गर्नु भएको छ,’ श्रेष्ठले भने ।

यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबै तहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराएका थिए । सरकारले आगामि वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेशअनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । सचिवालय बैठकले देश कोरोना महामारीसँग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार