होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले शुक्रबारको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले बैठक अवरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए। सरकारले कोरोना नियन्त्रण तथा पिसीआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको […]
जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन÷चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले आम सर्वसाधारणमा […]
लकडाउनको समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए । पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र […]
दैलेख । खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । वडा नजिकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे ठूलो […]
गगन अयडी धनगढी ,११ असार तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माको पहलमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरीए । जिल्लामा हेलीप्याड नहुँदा समस्या देखिएपछी मकै बारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरीएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ कि १८ बर्षिया […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
अनिल शाही/बाजुरा,१० असार। बाजुराको जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातांै गाउँ सभा बाट आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो । गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । निती तथा कार्यक्रम सार्वजनिक गर्दै […]
गगन अयडी /धनगढी १० असार । बाजुराको त्रिवेणी नगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि ३८ करोड ६९ लाख ५१ हजार ९ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौँ नगरसभामा उपमेयर राधिकादेवी सुनारले प्रस्तुत गरेको नीति, कार्यक्रममा तथा बजेटमा उल्लेख गरिएको छ । संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान १० करोड ८० […]
नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १० असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुर्घंटनामा परी ९ जना घाइते भएका छन । कोल्टीबाट मर्मतका लागि फालासैन गएको र मर्मत गरिसकेपछि स्थानिय मात्रै गाडीमा चडेको समयमा रोडमा चिप्लिएर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ । २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको […]
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको […]
कर्णाली स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोना भाइस पोजेटिभ देखिएसँगै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । संक्रमण समूदायमा फैलिन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणका लागि भन्दै प्रशसनले जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी एक […]
नेपाल सरकारको ऋण झण्डै एक आर्थिक वर्षको वार्षिक बजेट बराबर पुगेको छ । संघीय सरकारको वेशाखसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ ५ खर्ब ६१ अर्ब ५२ करोड र वैदेशिक ऋण ७ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सरकारको ऋण बढ्नु […]
धनगढी : सुदूरपश्चिममा थप दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। यसअघि कञ्चनपुरको पुनर्वासका दुई र लालझाडीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको थियो। यस्तै डडेल्धुरा अस्पताल र सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना देखिएको थियो। बाजुरमा पनि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको […]
काठमाडौँ: होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ। महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका हुन। कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल […]
१० असार, काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस (कोभिड-१९) को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहअध्यक्ष डिके ढुंगाना सरकार सहयोगी नहुँदा शिक्षक-कर्मचारीलाई तलब खुवाउनै कठिन भएको बताउँछन् । ‘सरकारले चैतको शुल्क नलिनू भन्यो, हामीले मान्यौं’ उनी भन्छन्, ‘तर हाम्रा […]
रामबहादुर विक/ बाजुरा ९ असार । बाजुरामा हालसम्म ६ हजार ८ सय २१ जनाको आरडिटी विधिाट कोरोना परिक्षण गरिएको छ । जिल्लामा ९ ओटै स्थानीय तहका जम्मा ६ हजार ८ सय २१ जनाको आरडिटी परिक्षण गरिएको हो । आरडिटी परिक्षणमा हाल सम्म १ हजार १ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले […]
बाजुरामा मंगलवार २१ जनाकाे पुष्टि सँगै ९३ जना काेराेना संक्रमित भएका पुगेका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् । एकजना भने धनगढीमा उपचार गराइरहेका छन्, अरु सबै बाजुराका स्थानिय क्वारेनटाइनमा रहेका छन् । बाजुरामा मंगलवार राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि […]
धनगढी : सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, […]