होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — मुलुकभर थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण भएका छन् […]
काठमाडौँ — पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल मुलुकभर २१ हजार ७ […]
६ साउन, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको छ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्न सबै […]
नागरिक रैबार/बाजुरा ६ साउन। पूर्वप्रधानमन्त्री तथा जननायक वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले वृक्षारोपण गरेर मनाएको छ । मंगलबार नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंडित सहितका नेता तथा कार्यकर्ताहरुले बडीमालिका नगरपालिका ८ राप्कमा मयुरपंख्खीका विरुवाहरु रोप्दै विपीको ३८ औं स्मृति दिवस मनाएका हुन् ।
काठमाडौँ — स्कुले सहपाठीले कहिले बाटैमा किताब फ्याँकिदिन्थे, कहिले कुटपिट गर्थे । अप्ठ्यारो पार्ने र दुःख दिने नियतले कहिले त किताब मन्दिरभित्रै राखिदिन्थे, जहाँ उनका लागि प्रवेश निषेध थियो । प्राथमिक शिक्षा लिने क्रममा कैयौं यस्ता व्यवहारका कारण उनले मानसिक यातना सहे । सहपाठीबाटै निरन्तरको हिंसाले टिक्न सकेनन् । अन्ततः घर नजिकैको प्राथमिक विद्यालय छाडेर टाढाको विद्यालय धाउन बाध्य […]
धनगढी : सुदूरपश्चिमका आधा बढि कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुइृ हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार […]
मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ । बाढी र पहिरोले ठूलो क्षति भएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको […]
काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् । यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार […]
राजेन्द्र बि.क.बाजुरा,६ साउन बाजुरामा बन्दाबन्दिको समयमा बालबालिकालाइ घरमै पढाई /सिकाइमा सकारात्मक सहयोग पुगोस् भन्ने उदेश्यका साथ प्रारम्भिक कक्षा मा अध्ययनरत बालबालिकाका लागि सिकाइ सामग्री बितरण गरिएको छ। युनिसेफ को सहयोग , सामाजिक बिकास मन्त्रालय, स्थानिय तह, विश्व शिक्षा नेपाल, निड्स कन्चनपुर र सेतोगुराँस बालबिकास सेवा बाजुरा को समन्वय सहकार्यमा हिमालि गाउपालिकामा प्रारम्भिक कक्षा देखि कक्षा […]
नहकुल जोशी/साउन ५ बाजुरा। मनसुन सक्रिय भए संगै लगातार बर्षाका कारण बुढीनन्दा नगरपालिका वडा नं एकको वाधु माद्यामिक विद्यालयको भवन जोखिममा परेको छ । बड्डीगाड खोलाले विद्यालय भवन नजिकैबाट कटान शुरु गरे पछि विद्यालयको भवन उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक नैन बहादुर कार्कीले बताउनुभएको छ । खोलाको पानीले केहि बर्ष अघि धार परिवर्तन गरेको थियो, […]
काठमाडौं । सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बाग्मती प्रदेशमा ८ सय ५९ […]
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको […]
नागरिक रैबार बाजुरा ५ साउन । कृषि ज्ञान केन्द्र बाजुराले गौमुल गाउँपालिका कृषि विकास शाखालाई पाँच हजार नगद सहित वर्षकै उत्कष्ट शाखाको रुपमा घोषणा गरेको छ । साउन ४ र ५ गते बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रममा उक्त शाखा बाजुरा जिल्लाका स्थानीय तहहरु अन्तरगतका कृषि विकास शाखाहरु मध्येबाट आ.व. २०७६÷०७७ मा सम्पन्न […]
काठमाण्डौ – गएको जेठ ३० गते नेपालमा मनसुन भित्रियो । त्यसपछि लगातारजसो पानी परिरहेको छ । मनसुन सक्रिय भएदेखि साउन ३ गतेसम्म एक सय चार जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् । त्यस्तै ८४ जना घाइते भएका र ४३ जना सम्पर्कविहीन रहेका सरकारको पछिल्लो तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु […]
बाजुरा — आईतवार राति आएको बाढि पहिरोले बुढिगंगा नगरपालिका ठुलो क्षती पुयाएको छ । बाढि प्रहिरो प्रभाबित क्षेत्रमा बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सहितको टोलि पुगेको छ । अबस्थाको अनुगमन र बिस्थापित बस्ति ब्यबस्थापनाका लागि नगरपालिकाको टिम प्रभाबित क्षेत्र पुगेको हो । प्रभाबित क्षेत्र नगरप्रमुख शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष र कर्मचारी […]
५ साउन, कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, […]
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका […]
नागरिक रैबार/बाजुरा ५ साउन। बाजुरामा फलफुल रोपण वर्ष २०७७/७८ को सुभारम्भ गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा लिने गरी उक्त कार्य सुभारम्भ गरेको हो । आईतबार कृषि ज्ञान केन्द्र बाजुराले एक औपचारिक कार्यक्रमको आयोजना गरेर २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा सूभारम्भ गरेको हो । म रोप्छु, हामी […]