होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे । यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का १ जनालाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा खप्तड-छेडेदह गाउँपालिका ३ गुदु बस्ने वर्ष ४५ वर्षिया बने भन्ने बम बहादुर धामीलाई गएको चैत्र ३१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । धामीको घरमा खानतलासी […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको बुढिगंगा नगरपालिकामा नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। बुढीगगाँ नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता बिहीबारबाट सुरु गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । प्रतियोगितामा नगरपालिकाका आठ ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीबाट राप्क जाँदै गरेको अटोरिक्सा सुधाकाँध नजिकै दुर्घटनामा परेको छ । अटोरिक्सा दुर्घटना हुँदा रिक्सामा सवार ४ जना घाइते भएका छन् । चारमध्ये एकजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । लु २ च ०२४७ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बडिमालिका ७ जिल्ली बस्ने ३८ बर्षका मान […]
नागरिक रैबार/बाजुरा १ बैशाख। नयाँ वर्ष २०७८ शालको पावन अवसरमा जिल्लाको सदरमुकाम मार्तडीमा सुपर लिँक कम्प्युटर ईन्सिच्युट संचालनमा ल्याईएको छ ।बुधबार एक औपचारिक कार्यक्रमका विच उक्त इन्सिच्युटको नेकपा एमालेका उत्पिडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य तथा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य काँसी नेपालीले रिवन काटेर उद्घाटन गरेका छन् । जिल्लामा रहेका अतिविपन्न वर्ग तथा […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ु पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आज विहान देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । मंलगलबार नै प्रधानमन्त्री कार्यालयले बुधबार बिहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने सुचना जारी गरेको थियो । प्रधानमन्त्री ओलीले ‘नयाँ वर्ष २०७८ साल’को अवसरमा देसवासीलाई शुभकामना सन्देश दिन लाग्नु भएको हो । उहाँले बुधबार आज विहान ८ बजे सिंहदरबारबाट सन्देश दिनुहुने […]
हाम्रा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, देश तथा विदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, बाजुराबासी जनसमुदाय, सम्पूणर् जनप्रतिनिधि ज्यूहरु, कर्मचारी परिवार, सम्पूणर् सहयोगी संघ संस्थाहरुमा नयाँ बर्ष २०७८ सालको पावन अबसरमा सुख शान्ति र सम्बृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्ष २०७८ को आगमन संगै नेपालमा तिव्र रुपमा फैलिएको कोरोना […]
१ वैशाख, काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने […]
नागरिक रैबार/बाजुरा ३० चैत्र। बाजुराका एक सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका छन् । न्यु बडालेक फेन्सी स्टोरका संचालक समेत रहेका बाजुराका सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसरमा बडीमालिका ३ मा रहेको चोयाकोट माविका विद्यार्थीलाई विभिन्न सामाग्री सहयोग गरेका छन् । जिल्लामै सफल व्यवसायीका रुपमा परिचित रहेका […]
नागरिक रैबार/बाजुरा ३० चैत । बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिका माविले हात पारेकाे छ । बाजुरा जिल्लामा अहिले सम्मका सबै शिल्डहरू निरन्तर कव्जा गर्दै अाएकाे मालिकाले यस वर्ष अायाेजना गरेकाे नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नो हात पार्न सफल भएको हाे । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयकाे तत्वावधान तथा […]
काठमाडाै–‘भीम रावलले मलाई कारवाही गरेको भद्दा मजाक पनि मिडियामा आउँछ र ?’ नेकपा एमालेका नेता कर्ण थापाले प्रतिप्रश्न गर्नुभयो । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको गुटका सदस्य भीम रावलले नेता थापालाई कारवाही गरेको घोषणा गर्नुभएको छ । रावलले गर्नुभएको कारवाही पछि थापाले भन्नुभयो–‘मलाई उनीहरुले गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो । हास्यास्पद हो […]
काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष तथा माधवकुमार नेपाल समूहका सुदूरपश्चिम प्रदेश संयोजक भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । धनगढीमा समूहको सुदूरपश्चिम प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले राष्ट्रलाई अफट्यारो दिशातर्फ लैजान खोजेको आरोप लगाए । ‘केपी शर्मा ओलीले फागुन […]
धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन। ‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका […]
चैत्र २०,बाजुरा । गौमुल गाउँपालिका कृषि विकाश शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापति जिल्लाका सरकारी कार्यालय प्रमुख मध्य सवै भन्दा पहिला अन्द्राडीमा पुगेका हुन् ।गौमुल गाउँपालका कृषि विकाश शाखाले तिन बर्ष अघाडी हाईडेन्सिटि सघन स्याउ खेतीको सुरुवात गरे पश्चात स्याउमा Tress ग्याविन तार व्यवस्थापन, थाक्रा व्यवस्थापन गर्न र थप अनुसंधान गरी फलफुल […]
एमालेका निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेको आरोप लगाएका छन् । बिहीबार पोखरामा आयोजित आफू पक्षीय कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेपालले अध्यक्ष ओलीले पार्टीलाई आफ्ना समर्थकको समूह बनाउन चाहिरहेको आरोप लगाएका हुन् । ‘केपी ओली सिस्टममा पार्टी चलाउन चाहँदैनन्, विधि र विधानको पालना गर्न चाहँदैनन् किनभने उनलाई […]
१९ चैत, काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । गत चैत ७ गते प्रधानमन्त्री […]
१८ चैत, बाजुरा । बाजुराका विद्यालयहरुले शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशनको अवेज्ञा गरेका छन । नेपाल सरकार शिक्षा तथा प्रविधीमन्त्रालयले हिजो जारीगरेका निर्देसनको बाजुरा जिल्लाका विद्लयहरुले अटेरी गरी पठन पाठन गरिरहेका छन् । चैत्र १६ गते शिक्षा तथा प्रविधी मन्त्रालयले नेपाली बायुमण्डलमा देखिएको अस्वभावीक परिवर्तनले वालबालीकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको भन्दै चार दिन सम्म […]
१८ चैत, काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् […]