होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाउलीखोलाको काठेपुल जोखिम् हुँदा आउजाउमा समस्या
बडीमालिका

बाउलीखोलाको काठेपुल जोखिम् हुँदा आउजाउमा समस्या

  • नागरिक रैबार
बाउलीखोलाको काठेपुल जोखिम् हुँदा आउजाउमा समस्या

नागरिक रैबार/बाजुरा २८ असार। जिल्लाको बडीमालिका नगरपालिका ८ र ९ को विचमा पर्ने बाउलीखोलाको काठेपुल जोखिम्मा परेको छ ।
निरन्तरको वर्षासंगै बाउलीखोलामा आएको बाढीले सो क्षेत्रमा बनाईएको काठेपुल जोखिम्मा पर्दै गएको हो ।

जिल्लाको पुर्वीउत्तरी सहित बडीमालिका नगरपालिकाको ७ नम्बर वडाका स्थानीयहरुको आवतजावतका लागि बनाईएको काठेपुल जोखिम्मा परेपछि स्थानीयहरुलाई मार्तडी बजारमा दैनिक आवतजावत गर्न समस्या हुने गरेको स्थानीय गोरख विकले बताएका छन् ।

२ वर्ष पहिले अस्थायी रुपमा बनाईएको काठेपुलका काठहरु अहिले कुहिएर झर्न थालेका छन् भने पुलको विचमा प्वाल परेपछि ढुंगाहरु राखेर जोखिमपूणर् आवतजावत गरिरहेको स्थानीय विकको भनाई छ ।

विज्ञापन

बाउली खोलामा ठुलो बाढी आएपछि काठेपुल बगाउने सम्भावना बढ्दै गएको छ । उक्त ठाउँको पुल बगाएपछि मार्तडीबजार सम्म आउन जान घण्टौ हिँडेर दवारीमा रहेको पक्की पुलबाट आवत जावत गर्नु पर्ने बाध्यता रहेको बडीमालिका ७ का स्थानीय हर्क विकले बताए । उनले भने बाउली खोलामा समयमै काठेपुलको राम्रो व्यवस्थापन गरिएन भने आवत जावतमा समस्या हुने देखिएको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार