होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेपाल पक्षले देउवालाई विश्वासको मत दिने, तर सरकारमा सहभागी नहुने !
राजनीति

नेपाल पक्षले देउवालाई विश्वासको मत दिने, तर सरकारमा सहभागी नहुने !

  • नागरिक रैबार
नेपाल पक्षले देउवालाई विश्वासको मत दिने, तर सरकारमा सहभागी नहुने !

काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको प्रधानमन्त्रीमा सत्तारोहण सफल भएको हो ।

अदालतको फैसला आएको अघिल्लो दिन अर्थात असार २८ गते राति १० बजे एमाले कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति गरेको छ। जसमा माधव नेपाल पक्षको सहमति नभएको कुरा मिडियामा आएको थियो । सुरुमा नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा राखिएको भन्दै आपत्ति जनाएको कुरा पनि बाहिर आएको छ । हिजो अदालतको फैसला नेता नेपाललगायत विपक्षी गठबन्धनले माग गरेबमोजिम नै आयो ।

फैसलालाई नेता नेपालले स्वागत गरे । र, यसले संविधानको जित भएको प्रतिक्रिया दिएका थिए । साँझमा नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकलाई संक्षिप्त सम्बोधन गर्दै नेता नेपालले आजबाट आफूहरु गठबन्धनमा रहन नसक्ने बताएका थिए । पार्टीभित्र एकताको वातावरण बनेको र एउटा सहमति भएको अवस्था सुनाउँदै परिस्थितिलाई सही ढंगले बुझिदिन उनले प्रधानमन्त्रीमा नियुक्त देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसामू आग्रह गरेका थिए । नेता नेपालको सोही भनाई उनीनिकट नेता रघुजी पन्तले मिडियासामू सुनाएका थिए ।

विज्ञापन

प्रधानमन्त्रीमा नियुक्त देउवाले अब एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । यसअघि समर्थन गरेका माधव नेपाल पक्षधर २३ जना सांसदले समर्थन नगरे उनले विश्वासको मत नपाउने निश्चित् छ । कतिपयले एमाले एक भएको खण्डमा देउवा एक महिनाभन्दा बढि प्रधानमन्त्री नबन्ने दाबी गरिरहेका छन् । तर, माधव नेपालले भने देउवालाई विश्वासको मत दिनेबारे छलफल थालेको उच्च स्रोतको दाबी छ ।

आफूहरुकै कारण ओलीको बहिर्गमन भएको र देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोले देउवालाई विश्वासको मत दिँदासम्म सहकार्य जारी राख्नुपर्ने आवाज उनीनिकट सांसदहरुबाट उठेको छ । सांसदहरुको यही भावनालाई आत्मसात् गरेर नेपाल पक्षका सबै सांसदले देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । नेता नेपालले विश्वासको मत दिने वचन प्रधानमन्त्रीमा नियुक्त देउवालाई दिईसकेको स्रोतको दाबी छ । देउवाले त हिजै माधव नेपाल पक्षलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, नेपालले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । राजनीतिक परिस्थिति कसरी अघि बढ्छ त्यही अनुसार आफू पनि अघि बढ्ने भन्दै पछि त्यस्तै अवस्था सरकारमा पनि सहभागी हुन सकिने उनको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार