होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री पद उपहार
राजनीति

रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री पद उपहार

  • नागरिक रैबार
रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री पद उपहार

काठमाडौँ : रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोलेका थिए, “रुकुमको सोतीमा दलितका कारण घटना भएको हो । उनीहरुलाई कसैले मारेको होइन । गाउँलेले लकडाउनमा लखेट्दा भेरीमा हाम फाल्दा डुबेर मरेका हुन् ।”

यो रेकर्ड संघीय संसदमा अहिले पनि सुरक्षित छ । सामाजिक सञ्जाल युट्युब, फेसबुकमा त झन् भाइरल नै छ । रुकुम सोतीमा अन्तरजातीय विवाह गर्न खोजेका जाजरकोटका दलित युवा नवराज विक लगायत ६ जना युवाको सोतीका वडाध्यक्ष डम्बर मल्ल लगायतका गाउँलेले लखेटेर खुकुरी, हँसियाले हानेर विभत्स हत्या गरेका थिए ।

घटनाका विषयमा गठित विभिन्न छानबिन समितिले घटनाको वास्तविकता बाहिर ल्याइसकेका छन् । युवाहरुको हत्या गरेको स्वीकार गरेका वडाध्यक्ष मल्ल लगायतका अभियुक्त जेलमा छन् । तर अदालतले पीडितलाई न्याय दिने गरी मुद्दाको फैसला गरेको छैन । यसमा पनि जनार्दन शर्माहरुकै हात रहेको दाबी गरिएको छ ।

विज्ञापन

तर तिनै रुकुम चौरजहारी हत्याकाण्डका संरक्षक मानिएका (संसदमै हत्याराको बचाउ गरेकाले) जनार्दन शर्मालाई सरकारले मन्त्री पद उपहार दिएको छ । उनी मंगलबार गठित कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका हुन् ।

उनले मंगलबार नै अर्थमन्त्रीको पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् । उनका भाई गोपाल शर्मा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री छन् । जसले नयाँ आर्थिक वर्षको बजेट ल्याएपनि एमालेको अवरोधका कारण पारित हुन सकेको छैन ।

पीडितको पीडामा सरकारकै नुनचुक

जनार्दन शर्मा क्षमताको हिसाबले जबर्जस्त राजनीति गर्ने व्यक्तिका रुपमा परिचित छन् । केही सकारात्मक आँटिलो स्वभाव भएका उनी रुकुम हत्याकाण्डको सर्वोच्चको संरक्षकका रुपमा परिचित भए । उनकै निर्वाचन क्षेत्रका वडाध्यक्षले घटना घटाएपछि त्यसलाई मत्थर पार्न, मुद्दा कमजोर बनाउन, पीडितलाई आश्वासन दिलाउन र पीडकलाई उन्मुक्ति दिन सबै किसीमका प्रपञ्चमा लागेको आरोप छ ।

वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीले माइतीघरमा भएको एक विरोध कार्यक्रममा ‘रुकुम हत्याकाण्ड भएपछि वडाध्यक्ष मल्ल, चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, प्रदेश सांसद गोपाल शर्मा (अहिले कर्णाली प्रदेशका अर्थमन्त्री) मिलेर मुशिकोटमा जनार्दनकै निर्देशनमा घटना मिलाउन गोप्य छलफल र योजना बुनेको’ आरोप लगाएका थिए ।

त्यसपछि महिनौँ काठमाडौँको माइतीघर, जाजरकोटको खलंगमा प्रदर्शन भएको थियो । जनार्दनकै संरक्षणका कारण पीडितले न्याय नपाएको भन्दै आन्दोलन उरालिएको थियो । त्यतिबेला नेपाली कांग्रेस चर्को विरोधमा थियो ।

संसदमा पनि नेपाली कांग्रेसका नेताहरुले जनार्दनको चर्को विरोध गरेका थिए । उनको हदैसम्म आलोचना भएको थियो । धेरैले जनार्दनविरुद्ध नाराबाजी गरेका थिए । तर अहिले त्यही कांग्रेसको नेतृत्वमा बनेको सरकारमा जनार्दन अर्थमन्त्री बनेका छन् ।

यसले पीडितको घाउमा नुनचुक छर्ने काम भएको छ । जनार्दनलाई मन्त्री बनाउँदा नेपालमा दलित समूदायमाथि हत्याको श्रृंखला चलाउने प्रवृत्तिलाई प्रश्रय हुने दलित अभियान्ता तथा लेखक डीबी नेपाली बताउँछन् ।

‘जनार्दनलाई सकेसम्म मन्त्री बनाउन हुन्थेन’, उनले भने, ‘तर मन्त्री बनाइएपछि पीडितलाई झन् पीडा दिने काम भएको छ । यो भनेको दलितमाथि हत्याको श्रृंखला चलाउन पाइन्छ भन्ने जस्तो पो देखियो ।’

राजनीतिमा नैतिकताको खडेरी

घटना घटेको वर्षदिन पुग्दा पनि अहिलेसम्म पीडितले न्याय पाएका छैनन् । घाइतेको राम्रोसँग उपचार हुन सकेको छैन । घटना धेरैले बिर्सेकै छैनन् । तर जनार्दन शर्मा मन्त्री बनेका छन् । यसले राजनीतिमा नैतिकताको खडेरी परेको छ ।

यतिसम्म की जसले जसको हत्या गरेपनि अब त्यो व्यक्ति नै शक्तिशाली मान्ने प्रवृत्ति हावी भएको छ । स्वयंम समाज पनि यति क्रुर अपराध बिर्सेर जनार्दनमाथि बधाईको ओइरो बर्साएका छन् । सबैले नेपालकै अहिलेसम्मकै ठूलो जातीय नरसंहार बिर्सेका छन् ।

यो राजनीतिमा नैतिकताको खडेरी परेको राजनीतिक विश्लेषकहरु बताउँछन् । राजनीतिक अपराधसँगै सामाजिक अपराध गरेका व्यक्तिलाई राज्यले नै संरक्षण गर्दा दण्डहीनता बढ्ने मानवअधिकारकर्मी चरण प्रसाई बताउँछन् ।

‘रुकुम हत्याकाण्ड नेपालमा मात्र नभई विदेशमा समेत क्रुर घटनाका रुपमा चित्रित छ’, उनले भने, ‘यस्तो बेलामा यो घटनाको संरक्षण गर्ने, पीडितलाई पीडा दिने, पीडकलाई उन्मुक्ति दिने माथिल्लो स्तरको नेतालाई खुलेआम मन्त्री बनाउँदा दण्डहीनता खुलेआम बढेको छ । यो बिर्सन नसकिने र माफी दिन नसकिने घटना हो ।’यसबारे मन्त्री शर्मासँग कुरा गर्न पटक पटक सम्पर्क गर्न खोज्दा प्रयास सफल हुन सकेन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार