होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ? सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् […]
नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । ३१९ भन्दा बढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार […]
काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक […]
नेकपा एमाले नेता महेश बस्नेतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । कानुनी तथा संवैधानिक आधारमा गठन गरिएको कुरालाई एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रूपमा त्रुटिपूर्ण असंवैधानिक, गैह्रकानूनी र आपराधिक कार्य भएको उनले आरोप लगाएका हुन् । संलग्नतामा राज्यको प्रमुख समस्या मध्येको एक विषयलाई सम्बोधन गर्न गठित यस्तो संवेदनशील […]
सरकारले अन्ततः कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै गरिएको हो । गौतमलाई प्रसूति गृह पठाइएको छ ।उनको ठाउँमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए […]
१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी […]
निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ । दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह […]
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् । अघिल्लो सरकारले झापाको […]
स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘होल्ड’ गराएका हुन् । मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत […]
नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए । बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए […]
१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’ कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे […]
नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो । ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो । ओली समूहको […]
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । उनका अनुसार आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुनेछ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् । ‘उहाँहरू (माधवजी) लाई अहिले नै सरकारमा सहभागी […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रचण्ड र नेता नेपालबीच आइतबार बिहान भेटवार्ता भएको प्रचण्ड निकट स्रोतले बतायो । प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड […]
नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् । यिनै विषयमा छलफल गर्न शनिबार बोलाएको स्थायी समिति बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा आइतबारसम्म स्थगित गरिएको थियो । विघटित […]
नेकपा (एमाले) विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद नै हुन नसकेका बेला दोस्रो तहका नेताहरु एमाले एकताका लागि प्रयासरत छन् ।दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्तावप्रति वरिष्ठ नेता माधव नेपालले स्वीकार गरेका छैनन् […]
पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ ।शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग […]
धनगढी । स्वास्थ्य सेवा विभागले ५० देखि ५५ वर्ष उमेर समूह, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था गरेको छ । विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई गरेको परिपत्रमा समेत खोप […]