होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा तयारी गरेको बताईएको छ । मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ । ‘एकीकृत समाजवादीको […]
नागरिक रैबार/बाजुरा २१ भदौ । नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ । सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा […]
नागरिक रैबार/बाजुरा २१ भदौ। बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले नेकपा एसमा सनाखत गरेका हुन् । सनाखत गर्नेमा स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा, त्यस्तै बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् । उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ५ घर भएका एक युवकको मलेसियामा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका त्रिवेणी नगरपालिका-५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो । धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ । अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका […]
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । बाजुरा […]
धनगढी, २० भदौ : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो […]
धनगढी : सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जनाले सनाखत गरेका हुन्। आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको […]
विवादित एमसीसी सम्झौताअन्तर्गतको परियोजनामा नियम मिचेर खर्च भइरहेको नेपालको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र नेपालको राज्यकोष खर्च भइरहेको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नियम मिचेर खर्च गरेको उल्लेख छ । कार्यान्वयन पूर्वको खर्च (सीडीएफ) शीर्षकमा मात्रै अघिल्लो महिनासम्म एमसीसी मुख्यालयले दिएको ९.४२ […]
धनगढी : नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक प्रदेश सांसदका लागि अब तीन दिन मात्रै बाँकी छ। एकीकृत समाजवादीमा जान इच्छुक प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने छ। अहिलेसम्म सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। उनीहरुले प्रदेश […]
जनकपुर — नेकपा एमालेका प्रदेश २ का थप दुई सांसदले आइतबार एकीकृत नेकपा समाजवादी पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले नेकपा(एस) रोजेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद सीता गुरुङले नेकपा(एस) रोजेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सांसद विश्वकर्मा र गुरुङ दुवैजना बाराका हुन् । एमाले छोडेर नेकपा(एस)मा लागेका […]
२० भदौ, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ […]
नागरिक रैबार/बाजुरा २० भदौ। ग्रामीण सुधार केन्द्र (आर.आई.सी) बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने उद्देश्यका साथ २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई विधिवत रुपमा स्थापना भएको संस्थाको शनिबार एक औपचारिक कार्यक्रमका विच १३ औं वार्षिक साधारण सभा सम्पन्न […]
१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो । सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ […]
काठमाडौं– निरन्तरको वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढल्दा गण्डकीका चार जिल्लाका नागरिक अन्धकारमा बस्नुपर्ने अवस्थामा पुगेका छन् । पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको हो । मोदी–१ जलविद्युत् […]
धनगढी : सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। अनेरास्वियूका केन्द्रीय सदस्य हेमन्त रेग्मीले कुँवरले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका हुन्। ‘धनगढीमा म मोटरसाइकलमा सवार हुँदा कुँवरले सरकारी गाडीमा आएर मलाई ठक्कर दिन खोजे,’ रेग्मीले दिनेशखबरलाई भने, ‘म अगाडि बढ्दा गाडी अगाडी बढाए र पछाडी जान खोज्दा […]
धनगढीः जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजा देवी बुढामगरले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकिकृत सामाजवादी)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुका १५ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबारसम्म नयाँ पार्टीमा रहेको भन्दै सनाखत गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
धनगढीः मोबाइलले हाम्रो जीवन सहत बनाइदिएको छ तर त्यहि मोबाइलका कारण मानिसहरुको जीवन पनि तहसनहस भइरहेको छ। एउटा यस्तै घटना भारतको गुजरातस्थित सुरतमा घटित भएको छ जहाँ पिताले जब आफ्नो किशोर छोरालाई मोबाइलमा गेम धेरै नखेल भनेर गाली गर्दा छोराले पितालाई घरमा नै घाँटी थिचेर हत्या गरिदिए। अर्जुन अरुण आफ्नी श्रीमती र एक छोरासँग बस्दथे। मंगलबार […]
नागरिक रैवार/बाजुरा १८ भदाै। गौमुल गाउँपालिका वडा नं. ५ का कोरोना प्रभावित ४५ अतिविपन्न परिवारहरुलाई सहास नेपाल बाजुराले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालले कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका सो वडाका दलित महिला, सुत्केरी र गर्भवति महिलाका घरपरिवारहरुका लागि भौचर सहयोग कार्यक्रम अन्तरगत राहत वितरण गरेको सहास नेपालका शिक्षा […]