होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ । दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका […]
काठमाडौं, मंसिर ११। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले […]
नागरिक रैबार/बाजुरा १० मंसिर ।जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरेर प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेपमा एक बस चालकलाई प्रकाउ गरेकाे छ । विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले रिठा प्रहरी चाैकिबाट खटिएको प्रहरी टाेलीलाई अभद्र व्यवहार गरेकाे प्रहरीले बताएकाे छ । बस चेकजाँच गर्दा चालकले मदिरा सेवन […]
नागरिक रैबार बाजुरा १० मंसिर । बाजुराका पाँच स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका पाँच पालिकामा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । प्रमुख पन्तका अनुशार […]
चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । […]
नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उनले बताए । ‘राति ९ बजे हामी शिवराजबाट चितवनका लागि हिँडेका थियौँ, चर्को जामका कारण आइपुग्न रातभर लाग्यो’, उनले भने, ‘बिहान ६ बजेमात्र आइपुग्न सफल भयौँ । दुई वटा […]
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन […]
नागरिक रैबार / बाजुरा ९ मंसिर। बाजुराका प्रत्येक स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका प्रत्येक स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो । मंसिर १५ गतेदेखि २३ गतेसम्म परिवार नियोजनको स्थायी (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण शिविर […]
नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी […]
नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ––मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र […]
एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आउने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आउन लागेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए । यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको […]
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको भन्दै यो महाधिवेशनबाट देश र जनतालाई एमालेको उपस्थिति देखाएर प्रस्ट सन्देश दिनुपर्ने खाँचो औँल्याएका छन् । बुधबार राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस […]
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् । आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने […]
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू समेत दलका महाधिवेशनमा भाग लिई प्रतिनिधि समेत चयन भएको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने […]
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो । बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ । […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना तथा जिआइजेड, सिडिएसजी र आइडिजिको आर्थिक तथा प्राविधिक सहायेगमा कार्तिक २९ गतेबाट संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । बडीमालिका नगरपालिकाको सभा हलमा ८ दिनसम्म संचालन भएको आधारभुत तालिमका सहभागिहरुलाई सिडिएसजीका बावुराम पौडेल […]
नागरिक रैबार बाजुरा ६ मंसिर खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले बाजुरामा साविककै मुल्यमा चामल विक्रि गर्ने भएकाे छ । दशैतिहारलाई लक्षित गरेर सहुलिएत दरमा विक्री गरेकाे खाद्य संस्थानले आजबाट लागू हुने गरि प्रति केजि चामल ४५ रूपैयाँमा विक्रि वितरण गर्ने बताएको छ । यस अघि दशै तिहारमा प्रति कुईन्टल चामलकाे मुल्यमा ५ सय छुट […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएको भन्दै बाजुराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । सोमबार बाजुराका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मार्तडीमा रहेको बिद्युत अनियमित भएको र नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रको लाईन बिस्तारमा ढिलाई भएको भन्दै जिल्ला […]
एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ । उपाध्यक्ष […]