होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दानसाँगुको भिरबाट लडेर एक महिलाको मृत्यु
समाचार

दानसाँगुको भिरबाट लडेर एक महिलाको मृत्यु

  • नागरिक रैबार
दानसाँगुको भिरबाट लडेर एक महिलाको मृत्यु

नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ कोल्टीकी ४२ वर्षिया जनदेवी खत्री रहेको ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ ।

कोल्टी प्रहरीका अनुसार अनुसार आइतबार विहान खेतबाट घर फर्किने क्रममा बुढीनन्दा नगरपालिकाको दानसाँगुको भीरबाट करिव एक सय १० मिटर तल खसेर खत्रीको घटनास्थलमा मृत्यु भएको हो ।

मृतक खत्रीको शव घटना स्थलमै रहेको र मृतक महिलाका आफन्त आउने वित्तिकै शवलाई पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिने कोल्टी प्रहरीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार