होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ असोज, काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ […]
धनगढी : सुदूरपश्चिम सरकारले पहिलो चौमासिक सकिनै लाग्दा पनि कर्मचारी सरुवा गर्न सकेको छैन। तीन महिनादेखि कर्मचारी सरुवा गर्ने कसरतमा लागेको सरकारले फेरि चौथो पटक सरुवाको कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि प्रशासन र लेखा समूहका कर्मचारीलाई सरकारले सरुवा गर्न सकेको छैन। मन्त्री र सांसद निकट कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा […]
जुम्ला– जुम्लाको पातारासी गाउँपालिका ३२ वर्षीय गोर्ख बुढा भेडा–च्यांग्रा बेच्न पोखरा पुगेका छन् । उनी हवाई जहाज चढेर पोखरा झरेका हुन् । शिक्षकसमेत रहेका बुढाको समूहमा ८ जना छन् । उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए । स्कुल बिदा नभएका कारण ढिला गरी आउनुपरेको बुढाले बताए । ‘स्कुल बिदा नहुँदा पढाउनुपर्छ । […]
२६ असोज, काठमाडौं । सहरदेखि दूरदराजका गाउँसम्म दशैंको चहलपहल बढेको छ । दशैंका बेला सरकारले फूलपातीदेखि दशमीको भोलिपल्टसम्म सार्वजनिक विदा दिन्छ । दशैंका बेला प्रायः सबै अस्पतालहरुले फूलपातीदेखि एकादशीसम्म ओपीडी सेवा बन्द गरेका छन् । जसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्छ । ओपीडी सेवा बन्द भएपनि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा […]
धनगढीः दार्चुलामा प्रहरीले पक्राउ गरिएका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ। असोज २४ गते जुवाखालबाट पक्राउ परेका ब्यास गाउँपालिका ३ का वडाअध्यक्ष उपेन्द्रसिँह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैंसम्मका लागि छाडेको हो। उनीहरूमाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो। २ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ […]
काठमाडौंः रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा आइतबार अपराह्न ४ बजेदेखि कर्फ्यु जारी छ। निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रहरीले हटाउन खोज्दा आइतबार दोहोरो झडप भएको थियो। घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले त्यहाँको […]
काठमाडौं/बुटवल । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएको बेला प्रहरीले भत्काउने लुकामारी चल्दै आएको थियो । आइतबार त्यही खेल हिंसात्मक बन्दा चार जना नागरिकको ज्यान गएको छ, दुई दर्जन घाइते भएका छन् […]
काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् । हिन्दु नेपालीहरुको पर्व दशैं शुरु […]
काठमाडौँ — राष्ट्रियसभाको बैठक पहिले झैँ सोमबार पनि प्रमुख प्रतपिक्ष दल नेकपा (एमाले) ले अवोध कायमै राखेको छ । बैठक प्रारम्भ हुने बित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य सचेतक खिमलाल भट्टराईलाई आफ्नो भनाइ राख्न समय दिए । मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैरराजनीतिक र […]
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् । उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘हाम्रो […]
नागरिक रैबार/बाजुरा २४ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिले वडा दशैं तथा दिपावलीको अवसरमा गरेको चियापान कार्यक्रममा देउवा पक्षका नेताहरु सहभागि भएनन् । भर्खरै सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट पौडेल पक्षबाट सभापति सहित कार्य समितिमा रहेको बहुमत पक्षले आईतबार मार्तडीमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा देउवा पक्षका नेताहरुको न्युन सहभागिता रहेको थियो । […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् । बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् । शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न […]
नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका […]
नागरिक रैबार/बाजुरा २२ असाेज । बाजुराकाे सदरमुकाम मार्तडीबाट बल्दै जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । शुकझसाँझ मार्तबाट बल्दै जाँदै गरे बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । घाईते […]
नागरिक रैबार/बाजुरा२२असाेज। नेपाली काँग्रेस बाजुराकाे जिल्ला कार्यसमितिको मतगणना सम्पन्न पछि अहिले महाधिवेशन प्रतिनिधिहरूकाे मत गणना भईरहेकाे छ । जसमा अहिलेसम्म ६ सय मतगणना गरिएकाे निर्वाचन समितिले बताएकाे छ । निर्वाचनमा जिल्लाभरका १२ सय ५ जना प्रतिनिधिहरूले मतदान गरेका थिए । हेर्नुहाेस कसकाे कति मत छ । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुह १. उमा […]
काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८/७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था […]
नागरिक रैबार/बाजुरा २२ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको साताैँ जिल्ला अधिवेशनले निर्वाचन गरेर जिल्लाको नेतृत्व चयन गरिसकेकाे छ । जसमा पार्टी सभापतिमा रामसिंह रावल सहित जिल्ला कार्य समितिका पदाधिकारीहरु चयन भइसकेका छन् । जिल्लाको मत परिणाम सार्वजनिक भइसकेपछि अहिले काँग्रेसको महाधिवेशनका लागि गरिएको निर्वाचनको मतगणना भइरहेको छ । अधिवेशनमा जिल्लाभरका १२ सय १२ […]
नागरिक रैबार/बाजुरा २२ असाेज। नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमितिको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। आज बिहान आएको मतपरिणाम अनुसार खड्काले एक ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। रावल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। उनी त्रिवेणी नगरपालिकाका नगर प्रमुख समेत रहेका छन् । उनले सभापतिका अर्का उम्मेदवार कविराज पण्डितलाई हराएका हुन्। पंण्डितले […]
नागरिक रैबार बाजुरा २१ असाेज नेपाली काँग्रेस जिल्ला कार्यसमितिकाे सभापतिका लागि गरिएकाे दाेस्राे चरणकाे मतदान सम्पन्न भएकाे छ । बिहिवार दिउसाेबाट सूरू भएकाे दाेस्राे चरणकाे मतदान साँझ ८ बजे सम्पन्न भएकाे हाे । पहिलाे चरणकाे मतदानमा जिलाभरका १२ सय १२ जना मध्ये १२ सय ५ जनाले मतदान गरेका थिए भने दाेस्राे चरणकाे मतदानमा ११ सय […]