होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन
समाचार

सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन

  • नागरिक रैबार
सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन

धनगढीः सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन हुँदै छ। बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन भइरहेको हो। अधिकांश जिल्लामा अध्यक्षका लागि धेरै आकांक्षी देखिएपछि सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ।

कैलाली जिल्लाको नेतृत्वका तीन जना आकांक्षी छन्। नेता रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले इच्छा देखाएका हुन्। एमालेको अघिल्लो अधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा अहिले जिल्ला अध्यक्ष र सचिवमा निर्वाचित चन्दले उपाध्यक्षको पद सम्हालिरहेका छन्।

नेता चन्दले पार्टीका नेता र कार्यकताको सुझावअनुसार अध्यक्षमा दाबी गरेको बताए। ‘नेता र कार्यकर्ताले अध्यक्ष बन्न आग्रह गरिरहेका छन्,’ उनले भने, ‘सहमतिमा जिल्ला नेतृत्व चयनका लागि छलफल भइरहेको छ। सहमति हुन नसके चुनावी प्रक्रिया अगाडि बढ्छ। मैले यसपटक अध्यक्षमा दाबी छोड्दैन।’

विज्ञापन

यता अध्यक्षका अर्का आकांक्षी रतन थापाले नेता–कार्यकर्ताको सल्लाहअनुसार नै अध्यक्ष बन्ने इच्छा राखेको बताए। ‘एमालेमा सक्रिय भएको पनि धेरै वर्ष भइसकेको छ,’ थापाले  भने, ‘विभाजनपछि पनि एमालेलाई कैलालीमा ठूलो धक्का लागेको छैन। त्यसमा मेरो नेतृत्वको पनि भूमिका छ होला जस्तो लाग्छ। त्यसैले पनि एक कार्यकाल अध्यक्ष भएर काम गर्ने इच्छा छ।’ उनले सहमतिमै जिल्ला नेतृत्व चयन हुने सम्भावना बलियो रहेको बताए।

अर्का नेता पाण्डेले एमाले जिल्लामा पहिलो शक्ति भएको बताउँदै यसलाई कायम राख्नका लागि अध्यक्षका दाबेदारी पेश गरेको बताए। ‘अहिले कैलालीमा एमाले पहिलो शक्ति छ र यसलाई यथास्थितीमा राख्नका लागि र थप शक्ति आर्जन गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनले थपे, ‘यसमा आम कार्यकर्ताको सहमति छ भन्ने विश्वास छ।’

उता कञ्चनपुरको नेतृत्व छनोटका लागि पनि तीन जनाले दाबेदारी पेश गरेका छन्। जिल्लामा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्द अध्यक्षमा आकांक्षी छन्। उनीहरुका बीचमा बुधवार छलफल हुने भएको छ।

डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकांक्ष देखाएका छन्। बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन्।

पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन्। तर उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन्। बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन्। अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनीसँगै चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार