होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए […]
काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ । […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले ढिला गरी मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । समितिले बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरे पनि प्राविधिक तयारी नपुगेका कारण मतदान सुरु हुन ढिलाइ भएको रावलले बताए । कुल १३४ पदका लागि […]
नागरिक रैबार/बाजुरा २७ मंसिर। नेकपा एमाले बाजुराका प्रभावशाली नेता मिनबहादुर विष्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । नेता विष्टले एमाले प्रदेश कमिटी सदस्यबाट आजकै मिति देखि राजिनामा गरेको व्यहोरा आइतबार साँझ सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ७ घर भएका नेता […]
नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ । आइतबार उक्त मात्रामा मोडर्ना खोप आएको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडे बाबु थापाले जानकारी दिए । गाभी र कोभ्याक्स सुविधा अन्र्तगत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, नेपालमा शुक्रबार, […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका नेता गगन थापाले पार्टीको महाधिवेशनअघि गुट र समूहहरु बन्नु सामान्य भएपनि महाधिवेशन सकिएपछि ती गुटहरु भत्कनुपर्ने बताएका छन् । आइतबार मतदाताहरूसँग मत माग्ने क्रममा नेता थापाले निर्वाचन भनेको अंक गणितमा हुने भन्दै गणितको ताकत समेत हुने बताए । ‘कोही कुनै गुटमा लाग्नुका पछाडि आधार हुनुपर्छ । तर […]
नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको हो । जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । पोलिटब्युरोमा घनश्याम भुसाल, गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यमिक विद्यालयका किसोरीहरुलाई सेनेटरी प्याड सहयोग गरिएको छ । कोइकाको आर्थिक सहयोग तथा पिसविन बाजुराद्धारा संचालित महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) परियोजनाद्धारा मालिका माविमा अध्ययनरत किसोरीहरुका लागि सेनेटरी प्याड वितरण गरिएको हो । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा मालिका माविमा आयोजना गरिएको बाजुरा जिल्ला व्यापी […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीको सरुवा भएको छ ।भण्डारीको जिल्ला प्रशासन कार्यालय बाजुराबाट राष्ट्रिय पञ्जिकरण महाशाखा काठमाण्डौंमा सरुवा भएको हो । भण्डारी २ वर्ष अघि बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्न बाजुरा आएका थिए ।बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा करिव २ वर्ष जिम्मेवारी सम्हालेका भण्डारीले जिल्ला […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
काठमाडौं, २४ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले विशेष प्राविधिक शिक्षा तथा छात्रवृत्तिको लागि रजिस्ट्रेसन फारम भर्न आग्रह गरेको छ । सीटीइभीटीले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको विशेष प्राविधिक शिक्षा कार्यक्रमको लागि फारम भर्न आह्वान गरेको हो । सीटीइभीटीले नेपाल सरकारको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत आंगिक र साझेदारीमा सञ्चालन भएका […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । जगन्नाथ गाउँपालिका-६ कापडीमा रहेको गर्जेगाड भिरबाट आज बिहान मिनिट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ । नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको […]
नागरिक रैबार बाजुरा २३ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ५ स्थित नन्दापाटाकाे एक घरमा आगलागी भएकाे छ ।नन्दपाटा निवासी बिर्ख सार्कीको घरमा आगलागी हुँदा लाखाैकाे सामाग्री जलेर नष्ट भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उहाँका अनुसार आगलागीबाट घरमा भएको सबै खाध्यन्न लुगाफाटो जलेर नस्ट भएको हाे । आगलागी पछि स्थानीयबासी […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । नेपालगन्ज बाट धुलाचौर आउँदै गरेकाे भे १ ख ३४६८ नम्बरकाे मालबाहक मिनिट्रक जगन्नाथ गाउँपालिकाकाे वडा नम्मर ६ स्थित काप्री नजिकै दुर्घटनामामा परेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । काेल्टी प्रहरीका अनुसार मिनिट्रक चालक बाँके जिल्ला घर भएका मदन लाल […]
नागरिक रैबार बाजुरा २२ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा साेही गाउँपालिका ६ पाणिका विर्ख राेकायाका डेढ वर्षिया छाेरा अंकित राेकाया रहेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । ईलाका प्रहरी कार्यालय काेल्टीका अनुसार जिप ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर बालक घाईते भएकाे र उपचारका […]
केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा […]
२२ मङ्सिर, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई […]
नागरिक रैबार/ बाजुरा २१ मंसिर । जिल्लाकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्युु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ४ कि २१ वर्षिया गंगा चंदारा रहेकी छन् । उनकाे अत्याधिक रक्तस्रावका कारण मृत्यु भएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तश्रावपछि मृत्यु भएकाे हाे । घरमै बच्चा जन्माएकि […]
नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ […]
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते […]