होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत […]
नागरिक रैबार/बाजुरा ५ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् । नगरपालिकाका नगरप्रमुख दिपक विक्रम शाह र उपप्रमुख तारा खातिको लापरवाहीका कारण नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको भन्दै नगरबासी आक्रोसित बनेका छन् । नगर सरकार गठन भएको सूरुदेखि नै विवादित बन्दै आएको बुढीगंगामा स्थानीयहरुले कार्यकारीको […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ […]
एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।
नागरिक रैबार/बाजुरा ४ फागुन। एमसिसीको विरोधमा बाजुरामा पनि बन्दको प्रभाव परेको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाले एक्सरे सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा रहेको कोरोना अस्पतालबाट एक्सरे सेवा दिने गरी संचालनमा ल्याईएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । एक्सरे मेसिन संचालनमा ल्याउनका लागि गाउँपालिका ५ लाख रकम खर्च गरेको छ । गाउँपालिका नागरिकहरुको स्वास्थ्य उपचारलाई मध्येनजर गरेर गाउँपालिकाले १ वर्ष […]
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी […]
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका […]
नागरिक रैबार/बाजुरा २ फागुन। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानियले ताला बन्दि गरेका छन् । दुई महिना भन्दा बढी समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुदा स्थानिय उपभोत्तलाई सेवा लिन समस्या भएको भन्दै साेमबार नगरपालिकामा तालाबन्दि गरेको छन् । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय बिहिन बनेको […]
काठमाडौं। स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ। निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवालाई मतदानको अवसर प्राप्त भएको हो। नेपालको निर्वाचन इतिहासमा पहिलोपटक मतदान हुने अघिल्लो […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालिका खड्क बहादुर साउँद २ दशकपछि फेरी एमालेको सक्रिय राजनीतिमा फर्किएका छन् । दुईदशक देखि एमाले पार्टीबाट निस्कृय रहेका साउँदले आफु पुःन एमालेको सक्रिय राजनीतिमा फर्किएको सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । एमाले बाजुराको स्थापनाकाल देखि पार्टीको संगठित सदस्य रहेका साउँद २०५४ […]
नागरिक रैबार/बाजुरा १ फागुन। जिल्लाको बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको […]
नागरिक रैबार/बाजुरा १ फागुन। नेकपा माओवादी केन्द्र बाजुराले २७ औं जनयुद्ध दिवस दिप प्रज्वलन गरेर मनाएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी गरेको स्मरणमा माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । पुष्पकमल दहाल नेतृत्वमा तत्कालिन माओवादीले सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक […]
नागरिक रैबार बाजुरा १ फागुन एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघले मार्तडीमा प्रदर्शन गरेकाे छ । नेकपा एकिकृत समाजबादीको भातृसंगठन समेत रहेकाे युवा संघ एमसीसीका बिरुद्व सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । अमेरिकी दलाल मुर्दाबाद, अमेरिकाको सडक बाटो चाँहिदैन, अमरिकी सेनाले हस्तक्षप गर्न पाइदैन लगायतका नारा जुलुस सहित मार्तडी बजारमा युवा संघका कार्यकर्ताल प्रदर्शन […]
सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका […]
नागरिक रैबार बाजुरा २९ माघ । बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नाराका बडीमालिका ८ मा स्थापना गरिएकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारण सभा शनिवार सम्पन्न भएकाे हाे । साधारणसभामा सहकारीका अध्यक्ष विरेन्द्र […]
काठमाडौंः देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार)देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत […]
नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई […]