होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडी – बैतडीका ८ वटा पालिका पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका अन्य पालिकाहरुमा विभिन्न प्रकोपको जोखिम रहेको भए […]
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ। मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए। “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”,उनले भने। […]
धनगढी : धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्याली निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतना फैलाउन आज बिहान र्याली निकालेको हो। हात–हातमा सचेतना मुलक प्ले कार्ड सहित जिल्ला प्रहरी कार्यालयबाट चटकपुर सम्म र्याली निकालिएको हो। र्यालीमा सहभागी प्रहरीहरुले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, कुनै पनि स्वास्थ्य समस्या भएमा […]
सामान्यतः सार्स–कोभ–२ नाम दिइएको, अहिले संसारभरि महामारी फैलाइरहेको कोरोनाभाइरसका कारण हुने कोभिड–१९ लाई श्वासप्रश्वाससम्बन्धी रोग मानिने गर्छ । तर पछिल्ला चरणमा यो श्वासप्रश्वाससम्बन्धी रोग मात्रै नभई बहुसमस्या सिर्जना गर्ने रोग हो भन्ने कुराहरु पनि आइरहेका छन् । यो रोगमा मूलतः श्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या–जटीलताहरु त पैदा हुन्छ नै, साथसाथै, यसले शरीरका अन्य थुप्रै महत्वपूर्ण अंगहरुलाई […]
काठमाडौं, २८ असार । अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पहिलो पटक मास्क लगाएको तस्बीर सार्वजनिक भएको छ । उनले मास्क वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक भेट्न जाँदा मास्क लगाएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिका भयावह स्थितीमा पुग्दा पनि ट्रम्पले लकडाउन र मास् लगाउनुपर्ने आवाश्यकता नपर्ने व्रिफिङ गर्दै आएका थिए । […]
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे ट्वीटरमा एक ट्वीट पाेस्ट गर्दै आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
काठमाडौं, २७ असार । काठमाडौंमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा घर भएका ती इन्सपेक्टर हाल महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत रहेका थिए । उनको शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ आएको हो । उनी कार्यरत बृत्तमा सबैसँग घुलमिल रहेको अन्य प्रहरीको कर्मचारीहरुको पनि पीसीआर टेष्ट गरिने भएको छ । अहिले […]
२७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
२७ असार, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । ‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त […]
विनोदसिंह विष्ट, बैतडी: लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन्। जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी […]
सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको बताए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क […]
नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी काठमाडौँ गोकर्णका ५४ वर्षका पुरुष हुन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौंबाहिर पनि एक जिल्लाबाट अर्कोमा जान नपाउने गरी सार्वजनिक सवारीसाधन चल्न पाउनेछन् । बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय […]
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो […]
सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश […]
धनगढी : कैलालीमा प्रहरीको थुनाबाट भागेका अभियुक्तको १७ घण्टादेखि खोजी जारी राखिएको छ। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित भागेपछि उनको खोजी भईरहेको हो। ‘ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला राति ९ बजे हत्कडी सहित भागेका थिए,’ कैलाली प्रहरीका […]
बाजुरा: बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ। किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन्। गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली […]
काठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार राति आएको बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् । बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो । अविरल वर्षासँगै आएको […]
धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगिसकेको छ। जसमा ८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमितहरूमध्ये पनि पुरुषको संख्या बढी छ। कुल कोरोना संक्रमितमध्ये ८ सय ८१ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने दुइ हजार नौँ सय ९० जना पुरुषमा कोरोना […]
२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई औषधि कम गुणस्तरको भेटिएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो । विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ […]