होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२७, कुन जिल्लामा कति ?
समाचार

सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२७, कुन जिल्लामा कति ?

  • नागरिक रैबार
सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२७, कुन जिल्लामा कति ?

धनगढी : सुदूरपश्चिममा  आज ३२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डडेल्धुरा, धनगढी र शिक्षण अस्पतालमा भएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका चार जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए।

यता धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो।

विज्ञापन

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिकाका सात पुरुष र चार महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका तीन पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का दुई पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको उनले बताए। उता बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का दुई महिला र एक पुरुष तथा छव्वीसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का एक पुरुषमा कोरोना पुष्टि भएको छ।

योसैगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार एक सय २९ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका चार सय ८३, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७७ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार