होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पुष्पलालकाे साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेका छाैँ : प्रधानमन्त्री ओली
समाचार

पुष्पलालकाे साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेका छाैँ : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
पुष्पलालकाे साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेका छाैँ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ ।

४२ औँ स्मृति दिवसको अवसरमा विज्ञप्तिमार्फत पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उहाँको साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेको दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले विज्ञप्ति भन्नुभएको छ, ‘देशलाई समृद्ध बनाउने साधन पार्टी हो । पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौँ ।’

विज्ञापन

आजको पिँढीले आफ्नो जीवनमा समृद्धिसहितका समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

‘पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन बढाऔँ, निर्यात बढाऔँ, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्नेछाैँ ।’

यस्ताे छ प्रधानमन्त्रीकाे विज्ञप्ति–

हार्दिक श्रद्धाञ्जलि

आज साउन ७ गते अर्थात् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४२ औं स्मृति दिवस । कार्ल मार्क्स फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालप्रति यस अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्युनिस्ट नेता र कार्यकर्ता थिए । तर, कम्युनिस्ट आन्दोलनको व्यवस्थित राजनीतिक र साङ्गठनिक आकार थिएन । कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो । विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भयो । साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनु भयो ।

पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नु भयो । यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो । बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो ।

हामीले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेका छौँ । विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ । पार्टीले करिव दुई तिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ । पुष्पलालको जुन साङ्गठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौं ।

देशलाई समृद्ध बनाउने साधन पार्टी हो । पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौं । हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं । पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन बढाऔँ, निर्यात बढाऔँ, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । र, आज हामी समृद्धिका लागि मेहनत गरिरहेका छौं । अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको तथ्य स्पष्ट छ ।

आजको पिँढीले आफ्नो जीवनमा समृद्धिसहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्नेछ । पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने सङ्कल्प गर्दै ४२ औँ स्मृति दिवसमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार