होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा ९९ प्रतिशत कोरोना भाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन्। पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन्। नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शुक्रवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। अछामबाट ३०, कैलालीबाट तीन […]
जीवन कैला/बाजुरा २१ असार। जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ७ को वडा कार्यालयमा तालावन्दी गरिएको छ । कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न वडा कार्यालयले हेलचक्रयाई गरेको भन्दै नेकपा ७ न वडा संगठन कमिटीले आईतबार दिउसो वडा कार्यालयमा ताला बन्दी गरेका हुन् । अाइतबार नेकपा वडा संगठन कमिटीका लालविर कडारको नेतृत्वमा गएको […]
काठमाडौं १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो । आज थपिएका ७४० सहित नेपालमा […]
काठमाडौं, १९ असार । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद […]
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ । स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक […]
धनगढी : देशका ७७ वटै जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। कैलालीमा एकै दिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ७४ पुगेको छ। यो संख्या ७७ वटा जिल्लामा सबैभन्दा बढि रहेको स्वास्थ्य ता जनसङख्या मन्त्रालयले जनाएको छ। कैलालीपछि कर्णालीको दैलेखमा सात सय ८४ संक्रमित छन् भने दुई […]
१८ साउन, काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको […]
धनगढी : सुदूरपश्चिममा आज थप तीन सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी आज तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’ बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस […]
कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । शिशुको बुधबार साँझ निधन भएको हो। उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १७ असार । बडिमालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मि र स्वास्थ्य कार्यालय बाजुराका १ जना स्वास्थ्यकर्मि गरि ५ जनाले कोरोना जितेका छन् । दोस्रो रिपोट नेगेटिभ आएपछि पाँच जना स्वास्थ्यकर्मिले कोरोना जितेका हुन् । पहिलो रिर्पोटमा कोरना सक्रमित भएका ५ जना स्वास्थ्य कर्मीलाइ होटलको आइसोलेसनमा राखिएको थियो । यो भन्दा पहिला अस्पतालकि […]
१७ असार, काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सनका […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह छलफलमा जुटेको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले दुबै […]
काठमाडौं । सरकारले लागू गरेको लकडाउनको आज १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता विभिन्न चरणमा सरकारले लकडाउनको समय लम्ब्याएपनि संक्रमित बढेको बढ्यै छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विना परीक्षण नेपाली नागरिकलाई प्रवेश दिनुलगायतका कारण कारण संक्रमण […]
काठमाडौं । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पाटीभित्रको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ । यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भैसकेका छन् । पहिलो ओलीको राजीनामा बाहेकको विकल्प […]
धनगढी : सुदूरपश्चिममा आज थप दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ […]
१७ असार, काठमाडौं । बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बाजुरा: बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ। गाउँपालिकाका सातौँ गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनाका साथै स्थानीय सरकारले पहिलोपटक एक सय १० प्रकारका औषधि निःशुल्क गर्ने गरी नीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष […]