होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २४ घन्टामा १०० संक्रमित थपिए, २०७ जना डिस्चार्ज
समाचार

२४ घन्टामा १०० संक्रमित थपिए, २०७ जना डिस्चार्ज

  • नागरिक रैबार
२४ घन्टामा १०० संक्रमित थपिए, २०७ जना डिस्चार्ज

काठमाडौँ — नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार ३६८ रहेको छ ।

सोही अवधिमा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । ७०. १ प्रतिशत निको भएका छन् ।

विज्ञापन

गत २४ घन्टामा ३ हजार ७७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।
नयाँ संक्रमितको जिल्लागत विवरण

सप्तरी १८
दैलेख १६
सुनसरी ४
मोरङ ३
झापा १
ताप्लेजुङ ३
धनुषा ५
बारा ३
पर्सा ६
काठमाडौं ३
सर्लाही २
चितवन १
सर्लाही १
लमजुङ ७
स्याङ्जा ३
बागलुङ ३
बाँके ३
बर्दिया २
सल्यान २
कालीकोट ६
बझाङ १
डोटी ७

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार