होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ नै नपाएको बताएका छन्।प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले नीतिमा समावेश गरिएको कुरा बजेटले नसमेटेको बताएका हुन्। ‘बुँदा २१०ले बूढानीलकण्ठजस्तो विद्यालय मुख्य सहरहरूमा बनाउने भनिएको छ। हामीले बूढानीलकण्ठ विद्यालयको प्रतिविद्यार्थी खर्च हेर्र्यौं भने वर्षको साढे चारलाख जस्तो पर्छ। तर, नेपालका अन्य […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुसँग जनताको धेरै अकांक्षा हुने तर त्यो पूरा गर्नका लागि सांसदको अधिकार र हैसियत केही नहुने भन्दै गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै उनले गिरीले आफूलाई झोले सांसद भन्दै कटाक्षा गरे । सांसद गिरीले भने– ‘म आग्रह गर्न […]
काठमाडौँ । नेपाल मगर सघंले राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’ लाई छुट्टै जाती भनी तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय तथ्यांक कार्यलयले हालै जारी गरेको जनगणना प्रतिवेदनमा ‘पुन’ लाई छुट्टै जातीको रूपमा राखेको थियो । संघले थापाथलीस्थित तथ्यांक कार्यालयको कार्यलय परिसरमै पुगेर विरोध प्रदर्शन गरेको हो ।
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला […]
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ को चुनावमा कसैसँग तालमेल, सहकार्य नगरी पार्टीले एकल बहुमत ल्याउने तयारी थालेको बताएका छन्।केन्द्रीय कमिटी र सचिवालय बैठकको निचोड बताउँदै उनले मिसन २०८४ अनुरूप पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने लक्ष्य रहेको बताएका हुन्। ‘केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि […]
२९ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू अर्थमन्त्री भएको बेला सांसद विकास कोषलाई खारेज गरेको सम्झिाए । तर अहिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा […]
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले अघि सारेको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको बताएका छन्।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति हुन पुगेको बताए। ‘सरकाले बजेट सदनमा पेश गरेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाएजस्तो लाग्दैन। सायद प्रधानमन्त्री र […]
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको ग्यारेन्टी नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । समितिले कर्मचारीहरुको विभिन्न सेवा सुविधाका विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै त्यसको विरोधमा खाली थाल बजाएर प्रदर्शन गरेका हुन । उनीहरुले नयाँ […]
काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको रातोपाटीलाई जानकारी दिए । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि […]
नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार गरेका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने- ‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो […]
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आइतबार बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए । “जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने । यसअघि राजनीतिक […]
नागरिक रैबार/बाजुरा २७ जेठ।बडीमालिका नगरपालिका वडा नम्वर ८ स्थित डुंग्री-खलाडिल क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिने भएको छ । डुंग्री-खलाडिल क्षेत्रको करिव ७ हेक्टर क्षेत्रफलमा गएको एक वर्षदेखि आलु खेति गरिदै आएको छ । बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र र कृषि विकास शाखाको सहयोगमा उपरकोट महिला कृषक समूहले डुंग्री खलाडिलमा आलु बालि उत्पादन गर्ने […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ को मिगु गाउँका ७० घर परिवारलाई सोलार वितरण गरिएको छ । गएको असोज महिनामा आएको अविरल वर्षाले गाउँमा रहेको बत्तीको नहर भत्किए पछि ८ महिनादेखि अध्यारोमा बस्दै आएका वडा नम्वर ५ का स्थानीयलाई साेलार वितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ । अध्यारो […]
नागरिक रैबार/बाजुरा २७ जेठ।व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा सम्पन्न भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरु संग अभिमुखीकरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार बडीमालिका नगरपालिका वडा […]
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले फराकिलो अन्तरको हार भोगेको छ । म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५—० गोलले हराएको हो । दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयोजक म्यानमारले ५—० गोलले हराएको थियो । […]
२५ जेठ, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन्।बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए। ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने […]
२५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा टोखा (काठमाडौं) –छहरे (नुवाकोट) सुरुङमार्ग निर्माणका लागि भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट विनियोजन गरेका छन् । गृहजिल्ला नुवाकोट जोड्ने यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिसहित बन्ने भन्ने तय नहुँदै अर्थमन्त्री महतले एक अर्ब बजेट विनियोजन गरेका हुन् । बजेटमा ‘विस्तृत सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति […]
२५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् ।प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् […]
यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ।मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो।’केरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको छ। त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको देखिन्छ,’ मौसमविद् सञ्जीव अधिकारीले सेतोपाटीसँग भने। केरला आइपुगेको मनसुनी वायु नेपाल […]