होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद‍्‍मा गाईजात्रा देखाउने काम भयो : प्रधानमन्त्री
समाचार

संसद‍्‍मा गाईजात्रा देखाउने काम भयो : प्रधानमन्त्री

  • नागरिक रैबार
संसद‍्‍मा गाईजात्रा देखाउने काम भयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको दुखेसो पोखे ।

सदन एकले अर्कालाई अपमानित गर्ने थलोको रूपमा परिणत हुँदै गएकोमा प्रधानमन्त्री प्रचण्डले आपत्ति समेत जनाए । अहिले व्यवस्था उल्टाउने कसरत दक्षिणपन्थी तप्काबाट भइरहेको भन्दै प्रचण्डले आफूले देश जनताको पक्षमा काम गरेको उनीहरुले नरुचाएको बताए ।

सरकारले गरेको कामको परिणाम केही दिनमा देखिने भन्दै प्रचण्डले सरकारले गरेको राम्रो कामको स्वामित्व ग्रहण गर्ने र त्यसलाई व्यवस्थित प्रचार गर्न पार्टी कमिटीहरू चुकेको बताए । अबका दिनमा पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

विज्ञापन

प्रचण्डले डि. आर. पौडेल बिचारमा प्रष्ट र कुशल संगठक रहेको भन्दै उनको अभाव पार्टीलाई खड्किरहेको बताए । राताेपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार