होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मधेसका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
समाज

मधेसका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

  • नागरिक रैबार
मधेसका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

३० जेठ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३० औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् ।

तर एमालेले पुन: उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उप नेता दिपेन्द्र ठाकुरले बताए ।राजनीति दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले समर्थन दिन लागेको उनले बताए ।

एमाले मधेस प्रदेशको सबैभन्दा ठूलो दल हो ।

विज्ञापन

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् ।यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।अनलाइन खबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार