होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ माघ, काठमाडौं । २०७६ चैतदेखि बन्द भएका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरूले माघ पहिलो साताबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थाले । अनलाइन कक्षा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको हकमा प्रभावकारी नदेखिएपछि केही अभिभावककै दबाबका कारण प्राथमिक तहमा अध्यापन गराउने धेरै विद्यालयमा नियमित कक्षा सुरु भएको हो । सम्भावित जोखिमको जिम्मेवारी अभिभावकले नै लिनेगरी […]
२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय भागरथी भट्टका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका हुन् । सरकारले नै अपराधीको संरक्षण गरेकोले हत्यारा र बलात्कारका घटना दोहोरिएको आरोप […]
काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी घटनास्थलतर्फ गएका छन् । प्रहरी स्रोतका अनुसार भागीरथीको हत्या अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरिएको छ […]
धनगढीः बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बुवा अझै नियन्त्रणमा आएका छैनन्। आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरा अझै नियन्त्रण बाहिर रहेका हुन्। उनले शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी […]
धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ। एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनकाअनुसार बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी […]
२४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र […]
नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बडीमालिका नगरपालिका ९ चौराटाकि ३० वर्षिया धना चंदाराको धनगढीमा निधन भएको छ । शनिबार दिउसो चंदाराको अत्तरियामा रहेको आफ्नै घरबाट उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा लैजाँदै गर्दा उनको बाटोमै निधन भएको आफन्त जंग विकले बताएका छन् । आफन्त विकका अनुसार चंदाराको शरिरका दुवै मृगौला फेल भएपछि यस अघि करिव […]
धनगढी: भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल) नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक। टिकटकको यो लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ। रमाइलो गर्न र भाइरल हुने बहानामा मानिसहरु टिकटकमा हदैसम्म जाने गर्छन्। तर उनीहरु त्यसले पारिरहेको नकारात्मक असरबारे अनविज्ञ जस्तै छन्। झन पछिल्लो समय छाडापन तथा अश्लिलता पनि टिकटकमा मौलाउँदै गएको छ। टिकटकमा […]
कैलाली । घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले पु्रिएर मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रातोपाटीलाई जानकारी दिए । आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना […]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् । जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड […]
२४ माघ, काठमाडौं । आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ? जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन […]
बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार […]
चक्र बहादुर अएडी , माघ २३ बाजुरा । त्रिवेणी नगरपालिका वडा नम्वर ९ अन्तरर्गत प्रर्ने मलालगाउँमा रहेको रंग विस्टको घरमा आगलागि भएको छ । विहिवार राति करिव ११ बजे आगलागि हुदा घरमा राखेको नगद एक लाख पचास हजार रुपैयाँ , सुन र अन्य लत्ताकपडा , धान , गहँु, कोदो लगाएत गरि पाँच लाख बरावरको क्षेतिएको […]
बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान भने उत्साहित र खुशी भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात […]
प्रतिगमनको शृंखला नेपाली राजनीति जब–जब आन्दोलन वा क्रान्तिबाट अग्रगमनतर्फको यात्रा थाल्छ, अग्रगमन संस्थागत नै नभई तीव्र गतिमा प्रतिगामी दिशातिर वेग मार्न थालिहाल्छ । ००७ मा निरंकुश राणातन्त्रको अन्त्य भएपछि नेपालमा औपचारिक लोकतन्त्रको बीज रोपिएको थियो । तर, ०१७ मा राजा महेन्द्रले प्रतिगामी पञ्चायती व्यवस्थाको सुरुआत गरे । निरंकुश निर्दलीय पञ्चायतले मूलतः लोकतान्त्रिक राजनीतिक अभ्यासलाई ध्वस्त […]
नागरिक रैबार बाजुरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको बाजुरा जिल्लामा भने खासै प्रभाव देखिएन । तर, लामोदूरीका यातायात भने चलेका छैनन् । जिल्लाका अधिकाँश बजार, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी कार्यालय सबै सञ्चालनमा आईरहेका छन् । लामो दुरिका यातायात सञ्चालन नरहेपनि छोटो दुरिका यातायात […]
नागरिक रैबार बाजुरा २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला कमिटी बाजुराले केपी ओलीको असम्बैधानिक कदमका वि?द्ध राँके जुलस लोकतान्त्रिक चोकमा निकालिएको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीह?ले जुलुस निकालेका हुन् । ुभोलि देशभरकाृ बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित उनीह?ले राँके जुलुस निकालेका […]
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन्। गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो। गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। […]
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश […]