होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नहुने चुनावका लागि निर्वाचन आयोगले गर्‍यो ८ करोड बढी खर्च
समाचार

नहुने चुनावका लागि निर्वाचन आयोगले गर्‍यो ८ करोड बढी खर्च

  • नागरिक रैबार
नहुने चुनावका लागि निर्वाचन आयोगले गर्‍यो ८ करोड बढी खर्च

काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो ।

सवारी साधन मर्मत, कार्यालयका लागि आवश्यक सामग्री खरिद, धारा, बिजुली मर्मत लगायतका कामका लागि सो रकम निकासा गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रीय कार्यालयमा पनि सवारी मर्मत, निर्वाचनको अन्य तयारीका क्रममा खर्च भएको उनले बताए ।

उनले भने– ‘खर्चभन्दा पनि आयोगले तयारी धेरै गर्यो । सामान खरिद सूची प्रकाशन अघि सामग्रीको सूची तयार पार्ने, बजार बुझेर लागत अनुमान तयार पार्ने लगायतका कामहरु हामीले महिनौँ लगाएर गर्नुपर्यो । सामग्री खरिदका लागि पत्रिकामा सूचना प्रकाशन गरियो । खर्चभन्दा पनि काम धेरै भएको छ ।’

विज्ञापन

सरकारले चुनाव घोषणा गरेपछि आयोगले मतदाता नामावली अध्यावधी, मतदान केन्द्रहरुको अवलोकन गर्ने काम, आचारसंहिता लगायतको आन्तरिक तयारी, मतपत्र छपाइसम्बन्धी तयारी, कार्यालयको तयारी, उपकरणहरुको मर्मत सम्भार लगायतका कामहरु गरेको आयोगको भनाई छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि आयोगको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । निर्वाचन तयारी सम्बन्धी सम्पूर्ण कामहरु, जनशक्ति निर्देशिका, कार्यविधि बनाउने काम, निर्वाचन सामग्री व्यवस्था गर्ने लगायतका काम रोकिएको छ । निर्वाचन कार्यक्रम स्थगित गर्नेबारे आयोगले औपचारिक निर्णय गर्न भने बाँकी छ ।

२५ करोड रुपैयाँ माथिको खरिद प्रक्रिया रोकिँदै

आयोगले निर्वाचन सामग्री खरिदका लागि मंगलबार पत्रपत्रिकामा बोलपत्र प्रकाशन गरेको थियो । ७ दिनका लागि प्रकाशन भएको सो सूचनाको म्याद सकिनु अगाडि नै आयोगले बैठक बसेर स्थगित गर्ने तयारी गरेको छ । निर्वाचन प्रयोजनका लागि प्रयोग हुने विभिन्न प्रकारका सामग्रीका लागि २५ करोड रुपैयाँ माथिको सामग्री खरिद गर्न लागिएको थियो ।

यस्तै सरकारले आयोगलाई निर्वाचन तयारीका लागि दिएको रकम अर्थमन्त्रालयमा फिर्ता हुने भएको छ । सरकारले सो रकम अन्य काममा लागि प्रयोग गर्नेछ । प्रवक्ता श्रेष्ठले भने– ‘आयोगले हिजोसम्म गरेको काममा आर्थिक दायित्व सिर्जना भएकोमा खर्च हुनेछ । अरु रकम आयोगमा रहेपनि नरहेपनि अर्थ मन्त्रालयले आवश्यक ठाउँमा प्रयोग गर्छ ।’

आयोगले आगामी वैशाखमा चुनाव गर्नका लागि सरकारसँग ७ अरब ७ करोड ९० लाख ८० हजार रुपैयाँ मागेको थियो । अर्थमन्त्री विष्णु पौडेलले गत माघ २७ गते आयोगलाई निर्वाचन खर्चका लागि ७ अर्ब स्रोत सुनिश्चितता गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै