होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
‘बादी समुदायको हितरक्षा र कल्याणका लागि सरकारका तर्फबाट सुनिश्चित गरिनुपर्ने नीतिगत स्पष्टता र कार्यक्रममा प्रभावकारिता अझै देखा नपरेको प्रतीत हुन्छ,’ १५ फागनु २०७५ मा सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको परमादेशमा लेखिएको छ । सरकारले बादी समुदायसँग विभिन्न समयमा गरेको सहमति सम्झौता कार्यान्वयन गर्दै बादी समुदायका लागि सामाजिक, आर्थिक विकास र सांस्कृतिक सरंक्षणको कार्यक्रम चलाउनू भनी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र […]
धनगढी: कञ्चनपुरकी एक वडा सदस्यद्वार प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका -२ की वडा सदस्य रमा भण्डारी (बिष्ट)ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा सोही वडाको शैलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बुधबार ५०/५० ओटा कापी र कलम वितरण गरेको […]
काठमाडौँ- बहुचर्चित तथा आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्म सूचीकृत बेरोजगारको संख्या ७ लाख ४३ हजार १४० छ । यो संख्या ७ लाख ७ हजार ६ घरधुरीबाट सूचीकृत भएको हो । गत आर्थिक वर्षमा २०७६/७७ मा २ लाख २१ हजार ८०६ धरधुरीबाट ३ लाख ७० हजार ७३४ जना सूचीकृत थिए । सूचीकृतमध्ये १ […]
रक्षा भट्ट । धनगढी । मलाई मेरी हजुरआमाले सुनाउनु भएको थियो कि उहाँको पालामा छोरीलाई पढाउने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो। उहाँका पालामा छोरालाई जस्तै छोरीलाई नि शिक्षा दिनुपर्छ भन्ने कुरा कसैले बुझ्न सकेकै थिएनन्। यद्यपि मेरी हजुरआमालाई पढाइप्रति भने धेरै चासो थियो। छोरा मान्छेलाई मात्र शिक्षा दिइने त्यो बेलामा उहाँले बैतडीको दुर्गम माइतीघर छेउछाउ गोठालो जाँदा बाटोमा पर्ने विद्यालयमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । नेपाल कम्युनिष्ट पाटी(नेकपा) प्रचण्ड-माधवपक्ष बाजुरा जिल्ला कमिटीका अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी ओलीले अब राजनीति रुपमा सन्यास लिनु पर्ने बताएका छन् । बुधबार संसद पुनःस्थापनाको खुशीयालीमा सदरमुकाम मार्तडीमा उठेको जुलुस कोणसभामा परिणत भई समापन पछि भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रावलले भने ओलीले कम्युनिष्ट आन्दोलनकै वेईज्जत गरेको र नेपाल […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
नागरिक रैबार । बाजुरा १२ फागुन । स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले सर्वाेच्च अदालतले संसद पुनस्थापनाकाे फैसला गरेपछि लाेकतन्त्रकाे रक्षा भएकाे बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वामिकार्तिक गाउँपालिकामा अायाेजना गरेकाे पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरणमा मन्तब्य राख्दै अध्यक्ष शाहीले यस्ताे बताएका हुन् । उनले सर्वाेच्च अदालतकाे संसद पुनस्थापनाकाे फैसलाले […]
नेपालमा लोकतन्त्रको यात्रा सुरु भएको ७० वर्ष पुग्यो । बितेको ७० वर्षमा नेपालमा पटकपटक राजनीतिक, सामाजिक क्रान्ति र आन्दोलनहरू भए । सबै आन्दोलनपछि समाज एक कदम अघि बढेको दाबी पनि गरियो । तर, सात दशकको लोकतान्त्रिक यात्रामा कर्नालीको मुहार फेरियो कि उस्तै छ ? ७० वर्षे लोकतन्त्रलाई कर्नालीबाट हेर्दा कस्तो देखिन्छ ? हेरौँ कर्नालीका कथा […]
नागरिक रैबार/बाजुरा १० फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत बडीमालिका ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका हुन् । जसमा लगनसिल लघु उद्यमी समूह गैरीबजार माझगाउँमा शान्ति विक संयोजक, दिपा विक सचिव र […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्लाका कच्ची सडकहरुमा चल्ने यातायतका साधानहरुको भाडा दर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेकोे छ । आईतबार जिल्ला प्रहरी कार्यालय बाजुरामा बसेको सर्वपक्षिय बैठकले कच्ची जिल्लाका कच्ची सडकको भाडा दर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेको हो । यस अघि यातायात व्यवसायीहरुले कच्ची सडकमा मनोमानी रुपमा भाडा लिदैं आएको […]
धनगढी,१० फागुन । बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले आफु निर्वाचित भएर आईसकेपछि गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेको बताएका छन् । सोमवार बोलन्या थलीको सेटमा बोल्दै उनले यस्तो बताएका हुन । गाँउपालिमा थुपै चुनौती रहेपनि ति चुनौतिलाई पछि पादै नमुना गाँउपालिका निमार्णमा लागिरहेको बताएका हुन । पछिल्लो समय देश प्रविधिमैत्रि बनिसकेकाले गाँउपालिकाले पनि सफ्टवयरको […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा गगन रावललाई चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटिको बैठकको निर्णय अनुसार बाजुरा जिल्लाको अध्यक्षमा गगन रावललाई र सचिवमा रमेश विकलाई चयन गरेको हो। प्रचण्ड-नेपाल पक्षका ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेसंगै बाजुरा जिल्ला […]
१० फागुन, विराटनगर । मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको खुलेको छ । उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीयबासीले आन्दोलन गरेका छन् । ३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले प्रतिगमनका जडसुत्र नै नेपालका कम्युनिस्ट भएको आरोप लगाएकि छन् । आइतबार नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर संग्रौलाले यस्तो बताएकी हुन । डा.संग्राैलाले अहिलेको वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्टहरुकै कारण उत्पन्न भएको बताइन । केन्द्रीय सदस्य डाक्टर संग्रौलाले भनिन् […]
गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो । मृत्तक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ । कार्यालयले उपलब्ध गराएको सूचना अनुसार मृत्यु हुनेमा […]
१० फागुन, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय […]
सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्ने गरी राष्ट्रिय कार्यक्रमअनुरुप कार्यक्रम बनाएर देशभर कार्यान्वयनमा लैजान प्रेरित गर्न लागिएको बताउँछन् । नेपालको संविधानले खानेपानी […]
काभ्रे- काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका […]
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट […]
१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]